१४ असार २०८३, आइतबार

साउदी राजकुमारले घरेलु कामदारलाई दासको जस्तो व्यवहार गरेको खुलासा, बच्चालाई मुखमा थुक्न लगाउँथे

असार २५, २०७८
साउदी राजकुमारले घरेलु कामदारलाई दासको जस्तो व्यवहार गरेको खुलासा, बच्चालाई मुखमा थुक्न लगाउँथे

पेरिसमा अपार्टमेन्ट भएका एक साउदी राजकुमारले आफ्ना घरेलु कामदारमाथि दासलाई जस्तो अमानवीय व्यवहार गरेको खुलासा भएको छ । 

उनले फिलिपिन्सबाट आएका सात महिलालाई दासी बनाएर राखेका हुन् । 

ती महिलाहरूले सन् २०१९ मा राजकुमार फैसल बिन तुर्की बिन अब्दुल्ला अल साउदविरुद्ध उजुरी गरेका थिए । उनीहरूलाई फ्रान्समा रहेको दासप्रथाविरुद्धको संगठन एस्क्लेभ्ससले सहायता गरेको थियो । 

कामदार महिलाहरूको अनुहारमा आफ्ना बालबालिकालाई राजकुमारले थुक्न लगाउने गरेका थिए । कुनै बच्चा रोएको देखेमा कामदारहरूलाई कठोर सजाय दिने गरिएको थियो ।

राजकुमार फैसलविरुद्ध मानव तस्करीको केसमा अनुसन्धान चलिरहेको छ । 

उनले आफू र आफ्नी पत्नी सुत्न जानुअघि कामदारहरूलाई जागै रहन बाध्य बनाउने गरेको अनि राति जुनसुकै बेलामा पनि बोलाउने गरेको उनीहरूले बताए । 

अनि भोलिपल्ट बिहान बच्चाहरू ७ बजे उठ्दा कामदारहरू पनि जागै रहनुपर्ने अपेक्षा गरिन्थ्यो ।

कामदार महिलाहरूलाई राजकुमार र उनकी पत्नीको जुठोपुरो खान बाध्य पारिने र धेरैजसो समय खानै नदिने गरिएको पाइएको छ । 

भोकले गर्दा महिलाहरू रोएर बस्न बाध्य भएको पनि भेटिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्