१४ असार २०८३, आइतबार

घरभित्र पसेर साँढेले मच्चायो तहल्का, मान्छेको भागाभाग (भिडियो)

असार ३१, २०७८
घरभित्र पसेर साँढेले मच्चायो तहल्का, मान्छेको भागाभाग (भिडियो)

भारतको पञ्जाबमा रहेको आबोहार जिल्लामा एक मैमत्त साँढेले एउटा घरभित्र पसेर हंगामा मच्चाएको नाटकीय भिडियो सार्वजनिक भएको छ । 

घरभित्र साँढे पसेपछि त्यहाँ काम गरिरहेका मानिसहरूको भागाभाग भएको छ । 

सीसीटीभी फूटेज हेर्दा त्यो साँढे अर्को साँढेसँग सडकमा जुधेको अनि घरतिर दौडिएको देखिन्छ । 

अर्को साँढेले लखेटेपछि कालोसेतो रंगको साँढे पाँचजनाले काम गरिरहेको घरमा पसेको थियो । 

साँढे पसेपछि कामदारहरू भागेको भिडियोमा देखिन्छ । 

केही समयपछि साँढे बिस्तारै घरबाट निस्किएको र अर्को साँढे गायब भएको देखिन्छ । 

साँढे घरबाट निस्केपछि कामदारहरू घरमा पसेर सरसफाइ गरेको अनि अरूले आएर सहयोग गरेको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्