क्यानडामा रहेको वेस्टर्न युनिभर्सिटीका वैज्ञानिकहरूले सुपरग्लु जस्तो एउटा वस्तु बनाएका छन् । त्यसले शरीरमा ठूलो घाउ लागेर बेस्सरी रगत बगेको बेलामा कोशिकाहरूलाई जोडिदिन्छ ।
ब्याट्रोक्सोबिन नामक रगत जमाउने एन्जाइमलाई यस सुपरग्लुले उपयोग गर्छ । त्यो एन्जाइम खतरनाक विषालु सर्पमा पाइन्छ ।
त्यस एन्जाइमलाई परिवर्तित जिलेटिनसँग मिसाएपछि सानो ट्युबमा राखेर कोशिकालाई टँसाइन्छ ।
‘ठूलो घाउचोट लाग्दा यस सुपरग्लुलाई ट्युब थिचेको भरमा केही सेकेन्डभित्र कोशिका जोडेर रगत रोक्न सकिन्छ,’ वेस्टर्न युनिभर्सिटीका इन्जिनीयरिङ प्राध्यापक तथा यस अध्ययनका सहअध्येता किबरत मेक्वानिन्टले बताए ।
‘स्मार्टफोनको फ्ल्याशलाइटले देखाएको भरमा पनि यो काम गर्न सकिन्छ ।’
लान्सहेड सर्पहरू अमेरिकी महादेशमा पाइने सबभन्दा विषालु सर्पमध्येमा पर्छन् ।