१३ असार २०८३, शनिबार

भारत : धावनमार्गबाट टाढा गएर पर्खाल भत्काउँदै झाडीमा पस्यो विमान

साउन ३, २०७८
भारत : धावनमार्गबाट टाढा गएर पर्खाल भत्काउँदै झाडीमा पस्यो विमान

भारतको मध्य प्रदेशमा रहेको सागर जिल्लामा चाइम्स एभिएसन एकेडमीको एक विमान धावनमार्गबाट टाढा गएर पर्खाल भत्काउँदै झाडीतिर पसेको छ । 

सौभाग्यवश, घटनामा कुनै हताहती तथा क्षति भएको छैन । केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्यातिरादित्य सिन्धियाले ट्वीट गरेर यस प्रकरणको जाँचबुझ गर्न निर्देशन दिएका छन् । 

प्रशिक्षण विमानचालक ईशिका शर्मा घटनामा सुरक्षित रहेको बताइएको छ । 

शनिवार अपराह्न विमानले टेकअफ गर्दै गर्दा शर्माले विमानमा नियन्त्रण गुमाइन् अनि विमान पर्खाल भत्काएर बाहिरको सडकमा आयो । 

सडकको किनारमा रहेको झाडीमा गएर विमान रोकियो । 

जानकारी पाउनेबित्तिकै एभिएसन एकेडमीका कर्मचारीहरू घटनास्थलमा पुगे । उनीहरूले विमानलाई कपडा र जालीले ढाके । 
 

salt training

कमेन्ट गर्नुहोस्