११ साउन २०८३, सोमबार
एमाले विबादमा नयाँ आयाम

सांसद पदबाट राजीनामा दिने भीम रावलको घोषणा

सांसद पदबाट राजीनामा दिने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए ।

एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । 

पार्टीलाई  विभाजनबाट रोक्नुपर्ने बताउँदै आएका रावलले अनैतिक राजनीतिक खेलबाट अलग हुन राजीनामा दिन लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्