
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए ।
एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ ।
पार्टीलाई विभाजनबाट रोक्नुपर्ने बताउँदै आएका रावलले अनैतिक राजनीतिक खेलबाट अलग हुन राजीनामा दिन लागेको बताए ।