
गर्मीमा चिसो आइसक्रीम खान सबैलाई मन लाग्छ । अझ अनार जस्तो पोषिलो फलफूलबाट बनेको आइसक्रीम खान पाए त झन् सुनमा सुगन्ध भइहाल्यो ।
यहाँ हामी अनार आइसक्रीमको रेसिपी प्रस्तुत गर्दैछौं ।
सामग्री
डबल क्रीम तीन कप
अनारको रस दुई कप
चिनीको धूलो डेढ कप
कागतीको रस एक सानो चम्चा
अनारका दाना एक कप
आइसक्रीम कोन चारवटा
विधि
एउटा बाउलमा चिनी, कागतीको रस र अनारको रस मिसाउनुस् ।
त्यसमा डबल क्रीम राखेर १५ मिनेटसम्म फिट्नुस् ।
यस मिश्रणलाई एयरटाइट कन्टेनर वा आइसक्रीम होल्डरमा राख्नुस् ।
भाँडोलाई रातभरि फ्रीजमा राख्नुस् ।
भोलिपल्ट बिहान आइसक्रीमलाई कोनमा राखेर खानुस् ।