३० जेठ २०८३, शनिबार

भाषा, साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

जेठ ३०, २०८३
काठमाडौं
भाषा, साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनविनाको समृद्धि अपूरो हुने बताएका छन् ।

गोरखापत्र संस्थानद्वारा आज आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुक भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्क सँगसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास समानान्तर रूपमा आवश्यक रहेको बताए ।

'कला साहित्य भनेको कुनै राष्ट्रको बल हो, पहिचान हो,' मन्त्री तिमिल्सिनाले भने, 'भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।'

उनले पछिल्लो समय सामाजिक सञ्जाल पनि साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए ।

साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्