सरस्वती चौधरी एथ्लेटिक्सतर्फ नेपाली राष्ट्रिय खेलाडी हुन् ।
नेपाली आर्मीका तर्फबाट राष्ट्रिय स्तरका प्रतियोगिता खेल्दै आएकी सरस्वतीले जापानमा हुने ओलम्पिकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

विद्यालय जीवनमा नै हरेक दौड प्रतियोगितामा भाग लिने सरस्वती सधैँजसो प्रथम हुन्थिन् ।
शिक्षकहरूको प्रेरणा र साथीहरूको हौसलाले उनलाई यही खेलमा भविष्य खोज्न प्रोत्साहन मिल्यो ।
एथ्लेटिक्समा लाग्न उनलाई परिवारको पनि साथ थियो ।

विद्यालयस्तरीय, जिल्ला स्तरीय, क्षेत्रस्तरीय, राष्ट्रिय हुँदै सरस्वती अहिले ओलम्पिक यात्रामा छिन् ।
कोरोनाका कारण प्रतियोगिता के हुने भन्ने चिन्ताका बीच ढिला गरी मात्र खेल हुने जानकारी पाएकाले अभ्यास अलि नपुगेको उनको गुनासो छ ।

तैपनि आत्मबल उच्च बनाएर सरस्वती जापान यात्रामा जाँदैछिन् ।
'ओलम्पिकमा स्वर्णपदक नै ल्याउन नसके आफ्नो पहिलाको राष्ट्रिय रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउने लक्ष्य रहेको छ,' लोकान्तरसँगको कुराकानीमा उनले भनिन् ।

'एउटा खेलाडीको सपना हुन्छ ओलम्पिकमा भाग लिएर राम्रो प्रदर्शन गर्ने, त्यो सपना पूरा हुँदैछ,' सरस्वतीले थपिन् ।
बाँकी भिडियोमा :