
सर्लाहीको एक पोखरीमा आज ९ महिनाको बच्चासहित तीनजनाको शव फेला परेको छ ।
ब्रह्मपुरी गाउँपालिका-३ स्थित पोखरीमा स्थानीय २६ वर्षीया छोटी कापड, उनका १८ महिनाकी छोरी रोमा र ९ दिनको छोराको शव फेला परेको हो ।
सर्लाही प्रहरीका अनुसार छोटी छोरा र छोरीसहित मंगलवार राति घरबाट निस्केकी थिइन् । पोखरी उनीहरूको घरभन्दा २०० मिटर पश्चिममा छ ।
बिहान स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा लगिएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।