२८ असार २०८३, आइतबार

यसरी बनाउनुस् बनाना मग केक

साउन १९, २०७८
यसरी बनाउनुस् बनाना मग केक

बच्चाहरूले केक खान असाध्यै मन पराउँछन् । केराको मग केक घरैमा बनाएर बच्चाहरूलाई खुशी बनाउन रेसिपी तपाईंहरूका लागि हामीले ल्याएका छौं । 

सामग्री

चिनी एक ठूलो चम्चा

दूध एक ठूलो चम्चा

होलग्रेन पीठो तीन ठूलो चम्चा

भेनिला एसेन्स आधा ठूलो चम्चा

केरा मुछेको एक चम्चा

आधा केरा काटेको

चोको चिप्स आवश्यकता अनुसार

विधि

एउटा मगमा केरा, पीठो, भेनिला एसेन्स, दूध र चिनी मिसाउनुस् । 

मज्जाले फिट्नुस् । 

अब त्यसलाई माइक्रोवेभ ओभनमा दुई मिनेट राख्नुस् 

केरा मग केक तयार भयो । 

त्यसलाई माइक्रोवेभबाट निकालेर चोको चिप्स वा केराको टुक्रा राखेर सजाउनुस् । अनि पस्कनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्