२९ असार २०८३, सोमबार

विद्यालय पुगेर बालबालिकाको मुन्द्रा लुटेको आरोपमा एक पक्राउ

असार २८, २०८३
झापा
विद्यालय पुगेर बालबालिकाको मुन्द्रा लुटेको आरोपमा एक पक्राउ

झापामा विद्यालय पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुट्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जी रहेका छन्। उनलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार दर्जीले कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठसहित पाँच बालबालिकाको कानको मुन्द्रा एउटै शैलीमा लुटेका थिए। घटनास्थल आसपासका सिसीटिभी फुटेज र पीडित बालबालिकाको बयानका आधारमा उनको संलग्नता पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले लुटिएका मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दर्जीमाथि इलाका प्रहरी कार्यालय बिर्तामोडमा थप अनुसन्धान भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्