३१ जेठ २०८३, आइतबार

चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

साउन २०, २०७८
चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध
तस्वीरः रासस

गयराति बाहुलीखोलामा आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । 

सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली  बाढीपहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गरे । 

सोही पहिरोका कारण सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ । 

salt training

कमेन्ट गर्नुहोस्