३१ जेठ २०८३, आइतबार

बुटवलको वाणिज्य क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

बुटवलको वाणिज्य क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल  क्रान्तिकारीले तोडफोड गरेका छ । 

सेमेस्टर प्रणालीको विरोध गरिरहेको संगठनले मंगलवार बिहानमा मोटरसाइकलमा आएका विद्यार्थी क्याम्पसमा तोडफोड गरेका हुन् । आन्दोलनरत विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन शाखामा तालाबन्दी गरेका थिए । 

क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले लेखा र प्रशासन शाखामा तोडफोड गरेर विद्यार्थीले क्षति पु¥याएको बताए । 

विद्यार्थी संगठनहरूले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठनपाठन चलाउन र एमबीए, बीबीए, एमबीएमलगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन् । 

क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्