
रूपन्देहीका पत्रकार अरुण ज्ञवालीको निधन भएको छ ।
अचानक स्वास्थ्य समस्या देखिएर शुक्रबार भैरहवास्थित युनिभर्सन कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भएका ज्ञवालीको आइतबार बिहान निधन भएको लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष दीपेश पछाईले जानकारी दिए ।
५४ वर्षीया ज्ञवाली तीन दशकदेखि भैरहवामा रहेर पत्रकारिता गर्दै आएका थिए ।
ज्ञवालीको आइतबार नै देवघाटमा दाहसंस्कार गर्ने तयारी छ ।