×

NMB BANK
NIC ASIA

पाइन नट एक दुर्लभ नटमा पर्छ, जुन सजिलै पाइन्न तर पकवान पेशामा अति नै उपयोगी मानिन्छ ।

Muktinath Bank

झट्ट हेर्दा हामीले नट भन्ने बित्तिकै क्यासु नट, पिनट, वालनट, पिस्ता नट, आलमन्डलाई लिन्छौं तर नटहरूको सयौंथरि उपलब्ध छन्, जस्तो ब्राजिल नट, काकाओ, चेसनट, माकाडामिया, हेजलनट, पेकान्स, पिलीनट्स, सोयानट्स, टाइगरनट्स, सन फलाबर सिड्स, अग्र्यानिक नट्स, बरु नट्स आदि ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै नट्सहरूको आ–आफ्नै विशेषता छन् र त्यसका फाइदा पनि फरक–फरक । तर हामीले कुरा गर्न खोजेको नट्स भने अझ भिन्न खालको र दुर्लभ मानिने पाइन नटको हो । 


Advertisment
Nabil box
Kumari

पाइन नट्स नेपालमा उत्पादन नहुने हुँदा ज्यादै महंगो मानिन्छ । यो नट्स अन्य नटको तुलनामा अलि महंगै मानिन्छ । तर नेपालको तुलनामा अन्य देशमा केही सहज मूल्यमा उपलब्ध हुने गर्छ ।

Vianet communication
Laxmi Bank

बासमती चामलको दानाभन्दा केही ठूलो दानामा उपलब्ध हुने यो नट्स पाइन ट्रीबाट उत्पादन हुने हो । पाइन नट्स महंगो हुनुमा यसको कलेक्सन र प्रोसेसिङका कारण पनि हो ।

पाइन नट्स संकलन गर्दा सबै हातैले मात्र गर्नुपर्ने हुनाले श्रमका हिसाबले पनि महंगो पर्न गएको हो ।  नेपालमा पाइने सल्लाको फल पनि एक किसिमको पाइन नै हो तर यसको व्यावसायिता कम भएका कारण नेपाल भित्रिने पाइन नट्सहरू युरोप तथा चीनबाट आउँछ ।

सल्लाको फलको खबटाबाट अति कष्ट रूपमा निकाल्न सकिने पाइन सिड्सको कमैले मात्र व्यावसायिक खेती गरेका छन् । सामान्यतया हल्का खैरो रंगमा पाइने यो नट मेडिटेरेनियन खानामा व्यापक प्रयोग गरिन्छ ।

पाइन नट्सलाई भारतमा चिलगोजाको नामले चिनिन्छ । नट्सहरूको राजाको रूपमा चिनिने यो नट्सका व्यापक फाइदाहरू छन् । बेफाइदा भनेको कसैकसैलाई एलर्जी हुन सक्छः

१. यदि तपाईं मोटो हुनुहुन्छ र आफ्नो शरीरलाई फिटनेस राख्न चाहनुहुन्छ भने पाइन नट नियमित रूपमा सेवन गर्नुभएको खण्डमा यसले तपाईंलाई फाइदा पुर्‍याउँछ । शरीरको तौल घटाउने सर्वोत्तम औषधिको रूपमा यसलाई लिन सकिन्छ । 

२. म्याग्नेसियम, प्रोटिन, आइरन र चिल्लो पदार्थ प्रशस्त पाइने हुँदा पाइन नट्सको नियमित सेवनले तपाईंलाई शरीरमा पर्याप्त शक्ति प्रदान गरेको हुन्छ ।
 
३. भिटामिन ई र भिटामिन केका कारण तपाईंको मुटुमा हुने विभिन्न जोखिमबाट जोगाउन पाइन नट्सले सहयोग पुर्‍याउँछ । कोलस्ट्रोल समायोजन गर्न र कलेजोलाई स्वस्थ राख्न पनि पाइन नट्सले सहयोग पुर्‍याइराखेको हुन्छ ।

४. पाइन नट्समा भिटामिन ए, बी, सी, डी, ई र लुटिनको लागि पर्याप्त स्रोत भएका कारण यसले मानव शरीरलाई विभिन्न कोणबाट फाइदा पुर्‍याइरहेको हुन्छ । 

५. पाइन नट्सको नियमित प्रयोगले दिमागी चुस्तताको लागि पनि धेरै सहयोग गरेको हुन्छ । 

६. पाइन नट्सले विभिन्न क्यान्सर हुनबाट जोगाएको हुन्छ र हड्डीलाई पनि मजबुती दिएको हुन्छ । 

७. छाला र केशको स्वास्थ्यलाई पनि पर्याप्त रूपमा पाइन नट्सको तेलले सहयोग पुर्‍याएको हुन्छ । गर्भवती महिलाका लागि त झन् पाइन नट्स अमृतसरह मानिन्छ । 

८. आभोगाडोको सलाद या स्मोथीमा राखेर नियमित खानाले मुहारमा चमक बढ्दछ र बुढ्यौलीपन देख्न कम हुन्छ । 

९. दिनमा १५–२० वटा वा ३० ग्राम मात्र पाइन नुट्स खादा स्वास्थ्यबद्र्धक हुन्छ । 

१०. पाइन नट्सलाई खाना तयार गर्दा एक स्टार हिस्साको रूपमा लिइन्छ किनकि यसले तपाईंको खानाको स्वादलाई नै भिन्न र उत्तम बनाइदिन्छ । संसारभरका वरिष्ठ पकवान विशेषज्ञको रोजाइमा परेको यो नट्स प्रायः सबै किचनमा केही हिस्सा जगेरा गरिएको हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x