सार्वजनिक शौचालयमा अन्तरंग सम्बन्ध बनाइरहेका एक दम्पत्तिको भिडियो बनाएको आरोपमा एक नागरिकलाई १७ हप्ताको जेल सजाय सुनाइएको छ ।
यो घटना सिंगापुरको हो ।
त्यहाँ कप्पुसामी कार्तिक नामका ३६ वर्षीय नागरिकले सार्वजनिक शौचालयमा अन्तरंग सम्बन्ध बनाइरहेका दम्पतीको भिडियो खिचेका थिए ।
घटना विशन आंग मो कियो पार्कको एक सार्वजनिक शौचालयको भएको बताइएको छ । जहाँ कार्तिकले एक कोठामा एक प्रेम जोडी नुहाउँदै अन्तरंग सम्बन्ध समेत बनाइरहेको भिडियो खिचेका थिए ।
कार्तिकले उनीहरूको तीन वटा भिडियो बनाएको र ५ नग्न तस्वीर खिचेको बताएको एजेन्सीले बताएको छ ।