१२ असार २०८३, शुक्रबार

बन्यो एयर प्रदुषण रोक्ने कपडा, घर तथा अफिसका लागि बढी प्रभावकारी

भदौ ८, २०७८
बन्यो एयर प्रदुषण रोक्ने कपडा, घर तथा अफिसका लागि बढी प्रभावकारी
सांकेतिक तस्वीर

भारतमा एक रिसर्च टिमले विशेष प्रकारको मोडिफाइड सुती कपडा विकसित गरेका छन् । 

यस सुतीको कपडाले हावाबाट आउने हानिकारक रसायन वा प्रदुषण रोक्ने दावी गरिएको छ । 

आइटीआइटी दिल्लीको कपडा तथा फाइबर इन्जिनियरिङ विभागमा स्मिता रिसर्च ल्याबमा प्रोफेसर अश्विनी के अग्रवाल र प्रो. मन्जीत जस्सल तथा भौतिक विभागका प्रोफेसर शाश्वत भट्टाचार्यको नेतृत्वमा यो रिसर्च गरिएको बताइएको छ । 

यो विशेष कपडाको बारेमा प्रोफेसर अग्रवालले भनेका छन्, 'यो सुतीको कपडा पर्यावरण अनुकुल इन्डोर एयर पोलुशनलाई नियन्त्रण गर्न उच्च क्षमता राख्छ ।'

यो कपडा घर, कार्यालय, थिएटर, हवाई जहाज तथा अन्य बन्द स्थानमा प्रयोग गर्न सकिने बताइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्