२६ असार २०८३, शुक्रबार

अफगानिस्तानका पूर्व सञ्चारमन्त्री जर्मनीमा ड्राइभरको काम गर्दै

भदौ ८, २०७८
अफगानिस्तानका पूर्व सञ्चारमन्त्री जर्मनीमा ड्राइभरको काम गर्दै

अफगानिस्तानका पूर्व सञ्चारमन्त्री सैयद अहमद शाह हिजोआज जर्मनीमा सामान पुर्‍याउने गाडीको चालक बनेर काम गरिरहेका छन् । 

युरोपको सबभन्दा ठूलो टेलिकम्युनिकेसन कम्पनी टेलेकममा काम गर्ने आफ्नो सपना रहेको उनले बताए । 

आफूले सादा जीवन बिताइरहेको शाहको भनाइ छ । 

राष्ट्रपति अशरफ गानी र मन्त्रिपरिषद्का सदस्यले सरकारी रकम आफ्नै खल्तीमा हाल्न थालेपछि आफूले प्रतिकार गरेको उनी बताउँछन् । त्यसपछि आफूलाई मन्त्रीपदबाट बर्खास्त गरिएको उनको भनाइ छ ।

मन्त्रीबाट हटेपछि उनी युरोप गएका हुन् । त्यहाँ उनी भ्रष्टाचाररहित वातावरणमा काम गर्न पाउँदा खुशी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्