२७ असार २०८३, शनिबार

जलमग्न जलेश्वर

असार २६, २०८३
महोत्तरी
जलमग्न जलेश्वर

लामो समयपछि आज भएको वर्षाले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ ।

करिब डेढ घण्टासम्म लगातार परेको मुसलधारे पानीले सदरमुकाम जलेश्वरसहित वरपरको क्षेत्र जलमग्न बनेको हो ।

वर्षाका कारण जलेश्वरका सडकमा एकदेखि तीन फिटसम्म पानी जम्दा सडक यातायात आवागमनसमेत प्रभावित बनेको छ ।

जलेश्वरको सहरी क्षेत्रमा ढल निकासको उचित व्यवस्था नहुँदा वर्षाको पानीले नपाएपछि पानीसँगै फोहरमैलासमेत सडकभरि छरिएको छ । यसैबीच वर्षाकै कारण जलेश्वरको मुटु मानिएको महेन्द्रचौकस्थित हनुमान मन्दिर डुबानमा परेको छ ।

जलेश्वर नगरपालिका–२ मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ । त्यस मन्दिरमा पानी गर्भ गृहभित्र पस्ने अवस्थामा छ ।

salt training

कमेन्ट गर्नुहोस्