×

NMB BANK
NIC ASIA

कांग्रेसमा भावी नेतृत्वको दौड

देउवालाई टक्कर दिने संस्थापनइतरको उम्मेदवार– रामचन्द्र कि शेखर ?

भदौ २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको चटारोमा छ । १८ भदौमा सम्पन्न वडा अधिवेशनले पार्टीको मूल नेतृत्व चयन गर्ने प्रक्रिया शुरू गरेको छ ।

Muktinath Bank

मंसिरको ९ देखि १३ सम्म काठमाडौंमा सम्पन्न हुने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्नेछ । यद्यपि २१ जिल्लामा क्रियाशील सदस्यता विवाद मिल्न नसक्दा त्यहाँको अधिवेशन अझै अनिश्चित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेतृत्व चयनको कुम्भ मेला नजिकिँदै गर्दा कांग्रेसको नेतृत्वमा पुग्न चाहने आकांक्षीहरूको संख्या पनि बढिरहेको छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेसमा सभापति शेरबहादुर देउवा पुनः पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । उनले फेरि सभापतिमा विजयी हुनका लागि आन्तरिक तयारी सशक्त बनाइरहेका छन् । तर, उनलाई उनकै समूहका विमलेन्द्र निधिले टक्कर दिने भएका छन् । 

Vianet communication
Laxmi Bank

निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरी कार्यालय स्थापना गरेर नै प्रचार थालेका छन् । बानेश्वरको थापागाउँमा उनले सम्पर्क कार्यालय स्थापना गरेका छन् । देउवाका अर्का सहयोगी गोपालमान श्रेष्ठले पनि पार्टी सभापति पदमा आँखा लगाएका छन । स्याङ्जामा हालै भएको एक कार्यक्रममा उनले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

देउवाले २०५९ मा नेपाली कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा श्रेष्ठले देउवालाई बलियो साथ दिएका थिए । त्यसबेला उनी कांग्रेस प्रजातान्त्रिकको उपसभापति थिए । अहिले उनी देउवाको पहिलो उत्तराधिकारी आफू भएको दाबी गर्छन् । देउवाले नेतृत्व छाड्दा आफूले पाउनुपर्ने श्रेष्ठको दाबी छ । तर, संस्थापन समूहभित्रै उनको त्यति बलियो पकड भने छैन । श्रेष्ठले अहिले उम्मेदवारी घोषणा गरे पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता गरी देउवालाई सघाउने सम्भावना बलियो रहेको कांग्रेसकै नेताहरूको विश्लेषण छ । 

तर, संस्थापन समूहकै निधिले भने पछि नहट्ने गरी महाधिवेशनको तयारी गरिरहेका छन् । देउवाले महाधिवेशनमा उम्मेदवारीका बारेमा उनकै निवास बूढानीलकण्ठमा आफ्नो पक्षका पदाधिकारीसँग छलफल गरेका थिए । त्यसबेला नै निधिले सभापतिमा आफूलाई सघाउन प्रस्ताव गरेका हुन् । तर देउवा निधिको प्रस्ताव सुनेर रिसाएका थिए ।

यो महाधिवेशनमा सभापति छाड्दा अर्को महाधिवेशनमा युवा पुस्ता हावी हुने र आफूले कांग्रेसको नेतृत्व गर्ने अवसर नै गुमाउने विश्लेषणसहित निधि कुनै पनि हालतमा पछि नहट्ने गरी चुनावी प्रचारमा लागेका छन् । 

पौडेल पक्षको सहयोग लिने प्रयासमा निधि

यसपालिको महाधिवेशनबाट देउवालाई कांग्रेस नेतृत्वबाट जसरी पनि बिदा गर्ने पक्षमा संस्थापन इतर समूह छ ।

संस्थापन समूहबाटै निधिले सभापति पदमा उम्मेदवारी घोषणा गरेको र देउवा पनि चुनावी मैदानमा आउँदा सजिलैसँग जीत निकाल्न सकिने संस्थापनइतर पक्षको आशा देखिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको साथ लिन सके महाधिवेशनबाट सभापतिको कुर्सी सुरक्षित गर्न सकिने विश्लेषणसहित निधिले पनि पौडेल पक्षको विश्वास जित्ने प्रयास गरिरहेका छन् । 

‘विमलेन्द्र निधिले महाधिवेशनमा मिलेर जाऔं भन्ने आसयको सन्देश पठाउनुभएको छ । महाधिवेशनको उम्मेदवारले सबैको साथ लिने प्रयास गर्नु स्वाभाविक हो’, पौडेल पक्षका एक नेताले लोकान्तरसँग भने ।

महाधिवेशनमा निधिले शशांक कोइराला र प्रकाशमान श्रेष्ठको सहयोग लिन निकै प्रयास गरेका थिए । कांग्रेसमा यी नेतालाई ‘तीन राजकुमार’ भनेर समेत परिभाषित गर्ने गरिएको छ । 

शशांक बीपी कोइरालाका पुत्र हुन् । विमलेन्द्र कांग्रेसका संस्थापक महेन्द्र नारायण निधिका छोरा हुन् भने प्रकाशमान गणेशमान सिंहका छोरा हुन । 

यी तीन नेताले कांग्रेस सभापतिको उम्मेदवारी तय गर्नका लागि पटक–पटक गरेको छलफल सहमतिमा पुग्न सकेको थिएन । निधिबाहेक कोइराला र श्रेष्ठ संस्थापनइतर पक्षमा छन् । 

नेपाल विद्यार्थी संघको नेतृत्वबाट आएका नेता कल्याण गुरूङले पनि कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

संस्थापनइतरको उम्मेदवार शेखर कि रामचन्द्र ? 

देउवालाई जसरी पनि नेतृत्वबाट बिदा गर्ने योजना बनाइरहेको कांग्रेसको संस्थापनइतर समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने अझै अन्योल छ ।

सभापतिको उम्मेदवार तय गर्नका लागि पटक–पटक भएका छलफल निष्कर्षमा पुग्न सकेका छैनन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वमा पुग्ने अभिलाषा अझै छाडेका छैनन् ।

१३ औं महाधिवेशनमा पौडेल देउवासँग पाँच सयभन्दा बढी मतान्तरले पराजित भएका थिए । त्यसबेला कृष्ण सिटौलाले संस्थापन पक्षबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिएका थिए । केही मत सिटौलाले तान्दा पनि पौडेल ठूलो मतान्तरले पराजित हुने वातावरण बनेको चर्चा कांग्रेस वृत्तमा हुने गर्छ । त्यसो त दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाले घोषित रूपमै देउवालाई साथ दिएका थिए ।

‘कांग्रेस र देश जोगाउनको लागि’ आफू सभापति हुनुपर्ने दाबी पौडेलले गर्दै आएका छन् । तर, उनको समूहमा पौडेलको नाममा सहमति जुट्नेमा भने आशंका छ । 

भदौ १७ मा पौडेल पक्षले सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर संस्थापन इतरसमूहबाट सभापतिको साझा उम्मेदवार ल्याउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको छ । सभापतिका सबै आकांक्षीलाई दायाँ–बायाँ राखेर पौडेलले आगामी महाधिवेशनमा साझा उम्मेदवार ल्याउने बताएका थिए । पत्रकार सम्मेलनमा सभापतिका अरू आकांक्षी बोलेका थिएनन् । 

संस्थापनइतर समूहमा अहिले पार्टीका महामन्त्री रहेका शशांक कोइराला तथा नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा दाबी गर्दै आएका छन् ।

भदौ १६ मा बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा भएको छलफलले साझा उम्मेदवार तय गर्न नसकेपछि १७ गते पत्रकार सम्मेलन आयोजना गरेर साझा उम्मेदवार उभ्याउने प्रतिबद्धता उनीहरूले गरेका थिए । 

अनुपम फूडल्यान्डको बैठकमा पौडेलले सभापति एक पटकका लागि आफूलाई छाडिदिन अरू आकांक्षीलाई आग्रह गरेका थिए ।

‘तपाईंहरूले एक पटकलाई छाडिदिनुस् । साथीहरूलाई कहीँ न कहीँ एड्जस्ट गर्न सकिन्छ’, पौडेलको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने । तर, शशांक र शेखरले सभापतिमा आफ्नो दाबी नछाडेपछि सहमति हुन सकेन । 

बीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालापुत्र डा. शेखर कोइरालाले कांग्रेसमा कोइराला परिवारको लिगेसी धान्न सक्ने नेताको रूपमा आफूलाई उभ्याउने गरेका छन् ।

तर बीपीपुत्र एवं हालका महामन्त्री शशांकले पनि आजको मितिसम्म दाबी त्यागिसकेको अवस्था छैन । 

शेखर कोइरालाले निकै समय अघिदेखि सुक्ष्म ढंगले पार्टी सभापतिमा उम्मेदवारीको तयारी गरेका छन् । मेडिकल डाक्टरको पृष्ठभूमिबाट आएका शेखर १३ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । उनले आफू एक पटकका लागि मात्रै सभापतिको उम्मेदवार बन्ने बताएका छन् । 

१३ औं महाधिवेशनपछि सबैभन्दा बढी जिल्ला दौडाहामा निस्किने र खट्ने नेताका रूपमा शेखर नै छन् ।

युवा पुस्तालाई साथमा लिएर हिँड्ने र १५ औं महाधिवेशनबाट युवा पुस्तालाई कांग्रेसको नेतृत्व हस्तान्तरण गर्ने योजना उनले सार्वजनिक गरिसकेका छन् । शेखरलाई कांग्रेसभित्रको युवा पुस्ताको पनि बलियो साथ रहेको छ । 

कांग्रेसमा कोइराला परिवारको ‘लिगेसी’ले पनि ठूलो अर्थ राख्छ । त्यसबाहेक शशांक र सुजाताको पनि साथ पाएमा संस्थापनइतरको साझा उम्मेदवार शेखर बन्न सक्ने सम्भावना बलियो रहेको नेताहरू बताउँछन् ।

शेखर उम्मेदवार बन्दा प्रकाशमान श्रेष्ठको पनि समर्थन रहन सक्ने ती नेताको भनाइ छ । त्यसो हुँदा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कोइराला कि रामचन्द्र पौडेल भन्ने मात्रै छिनोफानो हुन बाँकी रहेको एक नेताले बताए ।

दुई नेताले दुवैलाई विन–विन हुने गरी सहमति गरेर अगाडि बढ्न सक्ने ती नेता बताउँछन् । ‘महाधिवेशनलगत्तै संसदीय निर्वाचन सम्मुखमा छ । एक जनाले पार्टी र अर्कोले सरकारको जिम्मेवारी लिने गरी सहमति पनि हुन सक्छ । तर, कसलाई कुन जिम्मेवारी भन्ने टुंग्याउन पनि सजिलो छैन । दुवै जना सरकारको नेतृत्वमा नपुगेकाले दुवैलाई सत्ताको लोभ हुन पनि सक्छ’, ती नेताले भने ।

कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारी भने आगामी महाधिवेशनले कांग्रेसलाई नेताहरूबाट पनि निकास मिल्ने बताउँछन् ।

‘कांग्रेसलाई नेताहरूबाट पनि निकास चाहिएको छ । युवा पुस्ताले कांग्रेसको नेतृत्व नगरेसम्म देशले विकासको गति समात्न सक्दैन,’ भण्डारीले भने ।

४–५ वर्ष मेहनत गरेर कांग्रेसभित्र युवाको टीम बनाएको र अबको महाधिवेशनमा पनि त्यसलाई अघि बढाउने भण्डारीले बताए । 

‘वर्तमान राजनीतिको निकास मात्रै खोजेका छैनौं, वर्तमान राजनीतिको सोच, दृष्टिकोणबाट पनि निकास दिन चाहेका छौं । सोच, नेतृत्व र समाज परिवर्तनको तीनवटा कुरा लिएर हामी अगाडि बढेका छौं । त्यसैअनुसारको उम्मेदवारलाई अघि बढाउँछौं’, भण्डारीले भने । 

उनले थपे, ‘लूटतन्त्रबाट मुलुकलाई मुक्त गर्ने नेतृत्व हामीलाई चाहिएको छ । पार्टी नेताको नाममा, मन्त्रीको नाममा हुने राजनीतिका कारण जनताले धेरै दुःख पाए । पार्टी बनाउनमा भूमिका खेल्न सक्छौं भन्ने हामीलाई छ । हामी मध्यमार्गबाटै यो पार्टीलाई निकास दिन चाहन्छौं । नेताहरूबाट पनि हामी पार्टीलाई निकास दिन चाहन्छौं’, उनले भने ।

भण्डारीका अनुसार आगामी महाधिवेशनमा कांग्रेसको केन्द्रीय पदाधिकारीमा युवा टीम उम्मेदवार बनेर आउँछ । त्यसमा अहिले उम्मेदवारी घोषणा गरिसकेका नेताहरू पनि समेटिने उनले बताए । 

‘गगन थापाले पहिले उम्मेदवार बनेको हुँ, फेरि पनि उम्मेदवार हुन चाहन्छु भन्नुभएको हो । उहाँलाई समेत समेटेर पदाधिकारीको उम्मेदवारी घोषणा गर्छौं’, भण्डारीले भने ।

कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला पनि सभापतिमा उम्मेदवार बन्ने पक्षमा छन् । उनले पनि आफ्नो सेटमा युवा पुस्तालाई समेट्ने प्रयाससहित छलफल गरिरहेका छन् । 

पौडेल पक्षमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई महासचिवको उम्मेदवार बन्न सिटौलाले प्रस्ताव गरेका छन् । तर, पौडेलले भने निर्णय गरिनसकेको उनी निकट स्रोत बताउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x