
गण्डकी विश्वद्यिालयको डीनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् ।
विश्वविद्यालयद्वारा डीन नियुक्तिका लागि उपकुलपति प्रा.डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डीनमा नियुक्त गरेको हो ।
अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रवार पदबहाली समेत गरेका छन् । स्थापनाको २ वर्ष पनि नपुग्दै विश्वविद्यालयका कूलपति, उपकूलपति, रजिस्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डीन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकूलपति देवकोटाले जानकारी दिए ।
उनका अनुसार डा. अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।