×

NMB BANK
NIC ASIA

कोरोना संकटबाट माथि उठ्ने प्रयासमा पोखरा

दशैंतिहार पर्खिंदै पोखराको पर्यटन

भदौ २९, २०७८

NTC
Premier Steels

सरकारले यसै हप्तादेखि ठूला धार्मिकस्थल पशुपतिनाथको मन्दिर र गोरखाको मनकामना मन्दिरमा आवागमन खुला गरेको छ । ४ महिनासम्म बन्द भएर यी मन्दिर खुलेसँगै पोखरेलीलाई पनि यस क्षेत्रका धार्मिक मठमन्दिर अब खुल्ने हुन् भन्ने आशाको किरण सञ्चार भएको छ ।

Muktinath Bank

त्यसो त जिल्ला प्रशासन कार्यालय कास्की पनि असोजदेखि निषेधाज्ञा झनै खुकुलो पार्ने तयारीमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि सरकारले वैशाख दोस्रो हप्तादेखि लकडाउन गरेको थियो । त्यसैको मारमा कास्कीका प्रमुख धार्मिक पर्यटकीय केन्द्र विन्ध्यवासिनी मन्दिर, फेवातालबीचको वाराही मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई पूजापाठमा रोक लगाइयो । साहसिक लगायत पर्यटकीय गतिविधि हुन नसक्दा पर्यटन क्षेत्रले करोडौं रूपैयाँ क्षति व्यहोरेको छ । 


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेश राजधानी पोखरामा जिल्ला प्रशासन कार्यालय कास्कीले वैशाख १५ गतेदेखि शुरू गरेको लकडाउन भदौ शुरू भएपछि केही खुकुलो पारे पनि मठमन्दिर बन्द हुँदा पर्यटन चलायमान हुन सकेको छैन । 

Vianet communication

सेप्टेम्बर महिनासँगै पर्यटकीय सिजन शुरू हुन्छ । विगतमा यतिखेर पोखराको पर्यटन निकै चलायमान हुन्थ्यो । वर्षा सकिएर शरद ऋतुले छुनै लाग्दा विदेशी पर्यटक प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा छ्यापछ्याप्ती भेटिन्थे । रातभर जाग्राम रहेर लेकसाइड बिहान अबेरसम्म सुत्थ्यो ।

पर्यटनसम्बद्ध विविध प्रकारका व्यवसाय चल्दा आर्थिक कारोबार पनि सन्तोषजनक हुन्थ्यो तर २ वर्षयता पर्यटन क्षेत्र लमतन्न सुतिरहेको छ । कहिलेदेखि चलायमान हुन्छ ? यकिन छैन । 

फेवातालको छेउमा डुंगा अड्याएर ग्राहकको पर्खाइमै भेटिन्छन् डुंगा चालक । दिनभर मात्र १०–१५ वटा डुंगा मात्र तालको सेरोफेरो गर्न उठ्छन् । अरु डुंगाको पालो नै आउँदैन । मात्र १००–२०० रुपैयाँकै भरमा डुंगा चालक साँझबिहानको गाँस जोड्न बाध्य छन् । 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई कोरोना प्रभावका कारण नराम्ररी मारमा परेको पर्यटन पहिलेकै अवस्थामा फर्किनेमा आशावादी छन् तर त्यो समय कहिले आउँछ ? उनलाई पनि थाहा छैन । उनी भन्छन्, ‘कोरोना विरुद्धको भ्याक्सिन पहिलो प्राथमिकता हो । हालसम्म पर्यटन क्षेत्रमा मात्र ३० प्रतिशतले भ्याक्सिन लगाएका छन् । सबै जनाले भ्याक्सिन लगाउन सके भने विदेशी पर्यटक पनि कम जोखिम हुने आशमा घुम्न आउँछन् ।’ 

फेवातालबीच रहेको प्रमुख आकर्षण केन्द्र वाराही मन्दिर वैशाख १५ गतेदेखि नै बन्द छ । ४ महिनादेखि बन्द रहेको मन्दिर नखोल्दा दर्शनार्थी मन्दिर प्रवश गर्न पाएका छैनन् । त्यसको प्रत्यक्ष असर डुंगा व्यवसाय लगायतमा परेको छ । होटल, रेस्टुरेन्टले भीडभाडजन्य गतिविधि हुने कुनै पनि किसिमका कार्यक्रमको बुकिङ लिन तथा सञ्चालन गर्न नपाउने नियम यथावत् छ । सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ अझै बन्द छन् । 

बीचमा परेका सार्वजनिक बिदा सदुपयोग गर्ने उद्देश्यले आन्तरिक पर्यटक केही बढेको पाइए पनि अझै अवस्था सुध्रिँदो नभएको पर्यटन व्यवसायी बताउँछन् । हरितालिका तीजका अवसरमा पोखराका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारणको भीड देखिए पनि पर्यटकीय क्षेत्र शून्यप्रायः छ । 

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले कोरोनाका कारण कतिपय होटल व्यवसायी पलायन भएको बताए । उनले हालसम्म करीब २०–३० प्रतिशतले होटल व्यवसाय बन्द गरेको बताए । यस विषयमा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई पनि सहमत छन् । उनले कोरोनाको असरले हालसम्म समग्र ३० प्रतिशत पर्यटन व्यवसायी पलायन भएको गुनासो गरे ।

दोस्रो भेरियन्ट सकिँदासम्म झण्डै ४० प्रतिशत पर्यटन व्यवसायीले यस क्षेत्रबाट हात झिक्न सक्ने उनको अनुमान छ । 

नेपालकै प्रमुख पर्यटकीय स्थल पोखरामा कोरोना महामारीले साहसिक लगायत पर्यटकीय गतिविधि ठप्प छन् । खासगरी पदयात्रा, पर्वतारोहण, माउन्टेन वाइङी, साइक्लिङ, तालमा डुंगा सयर, स्काइ साइक्लिङ, बन्जी जम्प, प्याराग्लाइडिङ, अल्ट्रालाइट, झरना तथा छाँगोसँगै खस्ने क्यानोनिङ, र्‍याफ्टिङ हुन सकेका छैनन् । यी गतिविधिसँग सम्बन्धित होटल, पर्यटक यातायात सेवा, रेस्टुरेन्ट लगायत सेवा प्रदाक निकाय वा पर्यटन उद्योग कोरोना असरले थिलोथिलो परेको छ । २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा भएदेखि नै पोखराको पर्यटनको अधोगति शुरू भएको हो ।

कोरोनाबाट बच्ने एक मात्र अचूक उपाय हो भ्याक्सिन । प्रदेश सरकारले पनि १ महिनाअघि पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाको माग आधारमा पर्यटन क्षेत्रमा ३ हजार डोज खोप व्यवस्था गरेको थियो । त्यसबाहेक विभिन्न पेशा, उमेर, वर्गका व्यक्तिले पनि खोप लगाउने क्रम जारी छ । तैपनि कोरोनाको दोस्रो भेरियन्टको असर कायमै छ ।

कास्कीमा हाल १ लाख ५ हजार जनाले पहिलो डोज लगाएका छन् । तीमध्ये पूरा डोज लगाउने ३८ हजार जति रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले गत हप्ता मात्र गाडीमा जोरबिजोर हटाउँदै निषेधाज्ञा भदौ मसान्तसम्म कायम गरेको छ । प्रशासनले असोजदेखि लागू हुने गरी पर्यटकीय गतिविधि सञ्चालन हुने गरी खोल्न सक्ने संकेत दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असोज शुरू भएपछि निषेधाज्ञा झनै हटाउन सकिने लोकान्तरलाई बताए ।

उनले भने, ‘हामीहरूले मात्र कडाइ गरेर के गर्नु ! मानिसले स्वास्थ्य सुरक्षामा मापदण्डमा ख्यालै गर्दैनन् । कोरोना छ र झैं गर्दछन् । अब संक्रमणदर कम हुँदै गए असोज १ गतेदेखि मठमन्दिर खुल्ने गरी निषेधाज्ञा अझै खुकुलो पार्न सकिने छ ।’

पोखरा पर्यटन परिषद्ले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराको पर्यटनमा कूल ५ खर्ब जतिको लगानी छ । यसरी हेर्दा कोरोना महामारी असरले पोखराको पर्यटन क्षेत्रमा ठूलो मार परेको छ । 

पोखरा पर्यटन कार्यालयका अनुसार गत वर्ष फागुनसम्मको तथ्यांक अनुसार पोखरामा पर्यटकीयस्तरका ७०० होटल छन् । तीमध्ये ५०० जति आफ्नै भवनमा र २०० भाडामा सञ्चालित छन् । यस क्षेत्रमा मात्रै निजी लगानी ५० अर्ब र ऋण लगानी ७५ अर्ब गरी कूल १ खर्ब २५ अर्ब लगानी छ । कोरोना अघि पोखरामा करीब ४ लाख स्वदेशी र ३ लाख विदेशी गरी ७ लाख पर्यटकले भ्रमण गरेको अनुमान छ । 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले मुख्य सिजन शुरू भएको र नेपालीहरूको महान् चाड दशैंतिहार नजिकिएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले निषेधाज्ञा हटाउँदै जानुपर्ने बताउँछन् । उनले देशको बोर्डर क्षेत्र पनि खुकुलो पार्दै भारतीय लगायत विदेशी पर्यटकलाई घुम्न आउन सुरक्षित छ भन्ने सन्देश दिने गरी नीतिनियम ल्याउनुपर्ने जोड दिए ।
 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x