मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
भदौ २९, २०७८
उत्तर कोरियाले शनिवार र आइतवार लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।
विश्लेषकहरूका अनुसार, यसबाट उत्तर कोरियाको हतियार प्रविधि निकै विकसित भइसकेको संकेत पाइन्छ । उसले शत्रुको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई समेत छल्दै दक्षिण कोरिया वा जापानमा क्षेप्यास्त्र खसाउन सक्ने भएको छ । त्यसैले उत्तरको यो पछिल्लो परीक्षणबाट आफ्ना साझेदारहरू जोखिममा परेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
ती क्षेप्यास्त्रहरू १५ सय किलोमिटर टाढा पुगेर तारोलाई प्रहार गर्दै उत्तरकै नियन्त्रणमा रहेको जलक्षेत्रमा खसेको पनि केसीएनएले खबर दिएको छ ।
उत्तर कोरियाले विगत ४० वर्षमा १५० भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । यसले गर्दा उत्तरले प्रतिबन्धको समेत सामना गर्नुपरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तरलाई विशेषगरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधिको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तरलाई क्रुज क्षेप्यास्त्रहरू परीक्षण गर्न कुनै रोकटोक छैन ।
यद्यपि क्रुज क्षेप्यास्त्रको पछिल्लो परीक्षणलाई विशाल महत्त्वको रणनीतिक हतियार भनेर उत्तर कोरियाले आफू वरपरका क्षेत्रका मुलुकको मुटुमा ढ्यांग्रो ठोकेको छ । त्यस क्रुज क्षेप्यास्त्रमा उसले सानोतिनो आणविक वारहेड समेत जडान गरेको हो कि भन्ने आशंका विश्लेषकहरूले गरेका छन् । त्यसो हो भने त्यस हतियारले आमविनाश मच्चाउन सक्छ ।
आफूमाथिको आक्रमण रोक्नका लागि यो निवारक (डिटरेन्ट) हतियार हो भन्ने तर्क उत्तर कोरियाले गर्दै आएको छ । विशेषगरी दक्षिण कोरियालाई छत्रछायाँ प्रदान गरेको अमेरिकाले आफूमाथि आक्रमण गर्न सक्छ भनी उत्तरले पीर मानिरहेको हुन्छ ।
त्यसो त दक्षिण कोरिया आणविक हतियारसम्पन्न मुलुक हैन । तर आणविक शक्ति अमेरिकाको साझेदारका रूपमा रहेको दक्षिण कोरिया आणविक छाता अर्थात् न्युक्लीयर अम्ब्रेलाबाट सुरक्षित छ ।
अनि अमेरिका र दक्षिण कोरियाले वर्षैपिच्छे संयुक्त सैन्य अभ्यास गर्ने गरेका छन् । एक महिनाअघि मात्र उनीहरूले संयुक्त अभ्यास सम्पन्न गरिसकेका छन् । उक्त अभ्यास आफूविरुद्धको युद्धको तयारी हो भन्ने उत्तर कोरियाको बुझाइ छ ।
त्यसो त अघिल्लो साता दक्षिण कोरियाले पानीमुनिको पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । अनि यसैबीचमा अमेरिकाले दक्षिण कोरियालाई क्षेप्यास्त्र निर्माणका विषयमा लगाएका सबै सीमाहरू खुकुलो बनाइदिएको छ । त्यसले पनि उत्तर कोरियालाई थप सशंकित बनाएको हुनुपर्छ र क्षेप्यास्त्र परीक्षणमार्फत आफ्नो शक्ति प्रदर्शनका लागि प्रेरित गरेको हुनुपर्छ ।
हुन त उत्तर कोरियाले बेलामौकामा हतियार परीक्षण गरिरहेको हुन्छ तर अहिले यसबेलामा उसले परीक्षण गर्नु कूटनीतिक सन्देश दिने प्रयास हो भनी विश्लेषक एन्ड्रु सालमोनले एसिया टाइम्समा लेखेका छन् ।
उनका अनुसार, उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि सुङ किमले जापानको भ्रमण गर्न लागेको सन्दर्भ पारेर उत्तरले क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । सोमवारदेखि बुधवारसम्म टोकियोमा चलिरहेको जापानी तथा दक्षिण कोरियाली अधिकारीहरूसँगको भेटमा किमले उत्तर कोरियाको पछिल्लो परीक्षणका विषयमा चर्चा गरेको खबर जापान टाइम्सले दिएको छ ।
यस परीक्षणपश्चात् पनि उत्तर कोरियासँग वार्ताको ढोका बन्द नभएको सुङले बताएका छन् । उत्तर कोरियाका अधिकारीहरूले जहिले र जहाँ चाह्यो भेट्न आफू तयार रहेको उनको भनाइ छ ।
क्षेत्रीय शान्तिका लागि उत्तर कोरियालाई वार्तामा ल्याउनैपर्ने दबाब विशेषगरी जापान र दक्षिण कोरियाले अनुभव गरेका छन् । उनीहरू नै उत्तरको हतियारको प्रमुख निशाना हुन् । तर उत्तरको हतियार क्षमता यी दुई मुलुकको भन्दा निकै बढी भएकाले उसले यिनीहरूलाई टेर्दैन । उसको सीधा प्रतिस्पर्धा त अमेरिकासँगै छ ।
किम जोङ उनलाई अमेरिकासँग पुनः वार्ता गरेर प्रतिबन्ध फुकाउने विषयमा अघि बढ्नुछ । किमले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसँग राम्रो व्यक्तिगत सम्बन्ध बनाएको भए पनि निःशस्त्रीकरण तथा प्रतिबन्ध फुकुवाको विषय अघि बढ्न सकेको थिएन । त्यसले किमलाई निराश बनाएको छ ।
बहालवाला राष्ट्रपति जो बाइडन चाहिँ किमका कटु आलोचक हुन् । उनले किमका लागि ठग भन्ने शब्द नै उपयोग गरेका छन् ।
राष्ट्रसंघीय प्रतिबन्ध जारी रहेकाले गर्दा पनि किमलाई अहिले देशको शासन चलाउन गाह्रो परिरहेको छ । पोहोर सालको बाढीपहिरोका कारण देशमा खाद्यान्न उत्पादन घटेको छ भने कोभिड–१९ को संक्रमण रोक्नका लागि चीनसँगको सीमा बन्द गर्दा व्यापार पनि ठप्प छ । उत्तर सामान खरिदका लागि चीनमा पूर्ण निर्भर छ ।
त्यसैले उत्तर कोरियामा अहिले भोकमरीको स्थिति आउन लागेको विश्लेषकहरू बताउँछन् । सन् १९९० को दशकमा आएको विकराल भोकमरीको जस्तै स्थिति अहिले पनि आउन लागेको देखिन्छ । आर्थिक संकटको व्यवस्थापन गर्न धौधौ परेकै कारण किमले केही समयअघि एउटा सैन्य परेडमा आँखाबाट आँसु चुहाउँदै कोरियाली जनतासँग माफी समेत मागेका थिए ।
विश्व समुदायबाट अलगथलग रहेको उत्तर कोरियाको कूटनीतिक पहल सार्थक परिणाम दिने खालको नभएकाले हतियार परीक्षण गरेर किमले सुरक्षा जोखिमका बारेमा विश्वलाई अवगत गराउँदै आफ्नो शर्तमा वार्ता गराउनका लागि प्रयास गरेका हुन सक्छन् । त्यो शर्त भनेको कुनै पनि हालतमा आणविक हतियार आत्मसमर्पण नगर्ने हो ।
हुन पनि आणविक हतियार परित्याग गरेपछि इराकका सद्दाम हुसेन र लिबियाका मुअम्मार गद्दाफीलाई अमेरिका र नेटोले बेइज्जतीपूर्ण सत्ताच्युत तथा हत्या गरेको देखेका किमले आफ्नो सुरक्षाकवचका रूपमा रहेको आणविक हतियार कार्यक्रम परित्याग गर्न इच्छा बिल्कुलै देखाउने छैनन् ।
एन्ड्रु सालमोनका अनुसार, अफगानिस्तानमा बेइज्जती खपेर कूटनीतिक रूपमा हच्किएको अमेरिकाले उत्तर कोरियाप्रति कठोर रवैया नअपनाउला भन्ने अनुमान गर्दै किमले यो पछिल्लो परीक्षण गराएका हुनसक्छन् ।
अमेरिकाले उत्तरमाथिको प्रतिबन्ध झन् कसिलो बनाउने प्रस्ताव गरेछ भने पनि उससँग चिसो सम्बन्ध राख्ने चीन र रुसले त्यसलाई सुरक्षा परिषदमा रोक्लान् भनी उत्तरले दाउ खेलेको हुनुपर्छ ।
बाइडन प्रशासनले उत्तर कोरियालाई खासै वास्ता गरिरहेको देखिँदैन । चीनसँगको पछिल्ला वार्ताहरूमा अमेरिकाले उत्तर कोरियाको कुरा खासै नझिकेकाले उसको प्राथमिकतामा उक्त देश नपरेको संकेत पाइन्छ ।
त्यसैले आफूलाई गम्भीरतापूर्वक लिनका लागि उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने सम्भावना छ । अमेरिकाले कोरियाली प्रायद्वीपको समस्या समाधान गर्ने जिम्मेवारीलाई बेवास्ता गर्न नमिल्ने सन्देश पनि यस परीक्षणले दिएको देखिन्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...