मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
असोज ४, २०७८
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको दल युनाइटेड रसियाले आइतवार सम्पन्न आमनिर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको छ ।
रुसी टीभी आरटीका अनुसार, सोमवार ८० प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ४८ प्रतिशत भन्दा बढी मत ल्याइसकेको दाबी उक्त दलका सचिव आन्द्रे टुर्चाकले गरेका छन् । समानुपातिकमा १२० र प्रत्यक्षमा १९५ सीट जित्ने उनको दाबी छ । रुसी संसद् ड्युमामा कुल ४५० सीट छन् । कम्युनिस्ट पार्टीले २२ प्रतिशत मत ल्याएको बताइएको छ ।
पुटिनप्रति रुसी जनताको विश्वास अटुट रहेको यसबाट प्रमाणित हुन्छ । त्यसो त पश्चिमी मुलुकहरूले रुसका विपक्षी दलहरूको बोलीमा लोली मिलाउँदै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । तर रुसको निर्वाचन आयोगले यी आरोपहरूलाई खारेज गरिदिएको छ ।
सोभियत संघको पतनपछि ध्वस्त भएको रुसलाई सीमित समूहका मानिस (ओलिगार्क) हरूको कब्जाबाट मुक्त गर्दै देशलाई पुनः विश्वशक्ति बनाउन सफल भएकाले पुटिनको लोकप्रियता कायम रहेको हो । सन् १९९० को दशकमा रुसले भोगेको राष्ट्रिय बेइज्जती तथा जीवनस्तरमा आएको ह्रासलाई पुटिनले रोकेर रुसलाई शक्तिशाली बनाएका हुन् ।
पश्चिमले जतिसुकै दबाब दिए पनि नझुक्ने र रुसी प्रतिष्ठालाई उँचो राख्ने काम पुटिनले गरेकाले बहुसंख्यक जनता उनीप्रति नतमस्तक छन् । त्यसबेला पुटिनले गरेको सकारात्मक योगदानप्रति रुसी जनता अहिलेसम्म पनि कृतज्ञ देखिन्छन् ।
पुटिनका पूर्ववर्ती बोरिस येल्तसिनको बुद्धिहीन नीतिका कारण रुसले स्वदेश तथा विदेश दुवैतिर अपमान सहनुपरेको थियो । येल्तसिनले सरकारी उद्योगलाई व्यापक रूपमा निजीकरण गराएका थिए अनि अमेरिकासँग निकट सम्बन्ध बनाउनमा जोड दिएका थिए ।
यसको परिणाम भयावह रह्यो । येल्तसिनको शासनकालमा रुसको कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक वृद्धि भयो । रुसीहरूको औसत आयु तीन वर्षले घट्यो । युद्ध नभएको बेलामा यसरी औसत आयु घट्नु अभूतपूर्व थियो । सारमा भन्नुपर्दा येल्तसिनको शासनमा रुस बस्न लायक ठाउँ थिएन ।
रुसी जनता राम्रो खान नपाएर छटपटाइरहेका थिए भने रुसले आफ्नो भूभाग समेत गुमाउनुपरेको थियो । रुसकै एक राज्य चेचेन्या छुट्टिएर स्वतन्त्र देश बन्न पुगेको थियो । पुटिनले पछि त्यसलाई पुनः रुसकै भूभाग बनाए ।
अनि अमेरिकाको नेतृत्व रहेको नेटो यसै समयमा झन् झन् विशाल बन्दै गएर रुसको सीमा नजिक आइपुगेको थियो । रुसलाई कुनै जोखिममा नपार्ने भनी नेटोले प्रतिज्ञा गरेको भए पनि त्यसलाई लत्याउँदै उसले रुसविरोधी सैन्य गठबन्धन विस्तार गरेको थियो । तर अमेरिकाको कृपापात्र बनेर सन्तुष्टि लिइरहेका येल्तसिनलाई यसको कुनै परवाह थिएन ।
अमेरिकाको भक्ति गर्ने भएकाले येल्तसिनलाई जिताउन तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले खुला हस्तक्षेप गरेका थिए । सन् १९९६ को राष्ट्रपति निर्वाचनमा कम्युनिस्ट पार्टीका उम्मेदवार गेन्नाडी ज्युगानोभविरुद्ध क्लिन्टनले खुलमखुला येल्तसिनलाई समर्थन गरेका थिए ।
येल्तसिनको समर्थन सूचकांक निकै थोरै भए पनि नाटकीय रूपमा त्यो बढ्दै गएर उनले ज्युगानोभलाई हराएको घटनाक्रम बिल ब्राउडरको पुस्तक रेड नोटिसमा निकै रोचक पारामा वर्णन गरिएको छ ।
अमेरिकाले अपनाएको नवउदारवादी आर्थिक व्यवस्थालाई येल्तसिनले पूरापूर अवलम्बन गरेकाले अमेरिका उनको समर्थनमा आएको थियो । शिकागो बोइजको कुख्यात शक डक्ट्रिनलाई रुसमा मज्जैले लागू गरी आर्थिक असमानता चर्काएर रुसका निम्न वर्गका मानिसलाई खानै धौधौको स्थिति पारिएको थियो ।
त्यही समयमा नेपालमा पनि विश्व बैंकबाट दीक्षित भएकाहरूले नवउदारवादी व्यवस्था ल्याएर कलकारखाना धमाधम निजीकरण गर्दै नेपालको ऊर्वर जनशक्तिलाई खाडीतर्फ धपाउने प्रपञ्च रच्दैथिए ।
येल्तसिनले जर्जर बनाएको रुसलाई माथि उकास्न पुटिनको उदय भयो । पुटिनको असल नीतिका कारण पहिलो कार्यकालमै आर्थिक वृद्धिदर १० प्रतिशतसम्म पुगेको थियो । रुसीहरूको औसत आयु बढ्न थालेको थियो अनि भोकमरीको समस्या पनि घटिरहेको थियो । अनि पुटिनले रुसको भौगोलिक अखण्डतालाई पनि अक्षुण्ण राख्दै चेचेन्या फिर्ता ल्याएका थिए ।
पुटिनले गराएका निर्वाचनहरूमा अमेरिकाले हस्तक्षेप गर्न नसकेकाले ती निर्वाचनहरूमा धाँधली भयो भनी प्रोपागान्डा फैलाएको थियो । तर आममानिसको जीवनस्तर सुधार्ने अनि देशको गरिमा पनि उच्च राख्ने काम पुटिनले गरेकाले उनीप्रति रुसीहरूको विश्वास र भरोसा कायम रह्यो ।
आफूअघिका येल्तसिनभन्दा विपरीत पुटिनको व्यक्तित्व रोबिलो र दर्बिलो छ । येल्तसिन रक्सीको नसामा भुलेर बस्ने अयोग्य नेता थिए भने पुटिन आधिकारिकताको आभा भएका योग्यतम नेता हुन् ।
नेटोले रणनीतिक जोखिम निरन्तर तेर्स्याइरहेको अनि युक्रेनमा क्रान्तिका लागि पृष्ठभूमि निर्माण गरिरहेको अवस्थामा पुटिनले सन् २०१४ मा क्राइमियालाई रुसमा मिसाए । त्यसो त क्राइमिया शताब्दियौंदेखि रुसी साम्राज्यकै भूभाग थियो तर सोभियत संघले त्यसलाई सन् १९५४ मा मूर्खतापूर्वक युक्रेन गणराज्यसमक्ष बुझाएको थियो । पुटिनले त्यसलाई फिर्ता ल्याएपछि उनको लोकप्रियता झनै बढेर गयो ।
पुटिनले क्राइमियालाई रुसमा मिसाएपछि पश्चिमी मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाए तर त्यसले रुसको अर्थतन्त्रलाई धेरै असर पारेन । युरोपलाई ग्यास बेचेर अनि चीनसँग रणनीतिक सम्झौता गरेर रुस बलियो बनिरह्यो । त्यसले पनि पुटिनको लोकप्रियतालाई उचाइ दियो ।
रुसको स्वतन्त्र सर्वेक्षण संस्था लेवादाले गर्ने वार्षिक सर्वेक्षणमा पुटिन नै सबभन्दा लोकप्रिय नेता छानिने गरेका छन् । उक्त संस्थाले गत मे महिनामा प्रकाशित गरेको आँकडामा पुटिनको पक्षमा ६७ प्रतिशत अर्थात् दुईतिहाइ मत परेको थियो ।
अलेक्सी नभाल्नी जस्ता नेताहरूलाई पश्चिमी सञ्चारमाध्यमहरूले नायक बनाएको भए पनि रुसमै नभाल्नीको लोकप्रियता उल्लेख्य छैन । उनलाई कारागारमा राखिँदा सडकमा प्रदर्शनहरू त भएका थिए तर ती प्रदर्शन देशव्यापी आन्दोलनमा परिणत भएनन् । पुटिनप्रति रुसीहरूको विश्वासलाई नभाल्नीका आरोपहरूले पनि डिगाउन सकेका छैनन् ।
सत्तामा बसेको २१ वर्ष हुँदा पनि लोकप्रियता कायम राख्नु पुटिनको असल शासननीति, राष्ट्रवादी अडान र सशक्त व्यक्तित्वकै परिणाम हो । त्यसैले गर्दा ताजा आमनिर्वाचनमा पनि पुटिनको दलले बहुमत ल्याउन सकेको हो । सन् २०३६ सम्म रुसको राष्ट्रपति बन्नका लागि बाटो खुलाएका पुटिनले त्यस अवधिसम्म देशलाई विश्व राजनीतिमा झनै शक्तिशाली बनाउने देखिन्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...