१९ असार २०८३, शुक्रबार

भैरव अर्यालको जन्मजयन्तीमा साहित्यिक योगदानको चर्चा

भैरव अर्यालको जन्मजयन्तीमा साहित्यिक योगदानको चर्चा

नेपाली हास्यव्यंग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उनको साहित्यिक योगदानमाथि चर्चा गरिएको छ । 

भैरव पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यमा अर्यालका रचनाहरू कालजयी भएको बताए । 

नेपाली साहित्यबाहेक पत्रकारिताको क्षेत्रमा पनि उनको अमूल्य योगदान रहेको सहभागीले बताए । 

अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले  राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो पनि गरे । 

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्रि अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदीलगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारे । 

सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष (हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकलमा समर्पित) तथा अत्याधुनिक पुस्तकालयको बागमती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गरे । 

१९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।

salt training

कमेन्ट गर्नुहोस्