१३ असार २०८३, शनिबार

खराब मोबाइल बेच्नेलाई पिट्न खोजेजस्तै साँढे मोबाइल पसलमा पसेपछि... [भिडियो]

खराब मोबाइल बेच्नेलाई पिट्न खोजेजस्तै साँढे मोबाइल पसलमा पसेपछि... [भिडियो]

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसलाई देखेर तपाईं हैरान हुनुहुनेछ । 

भिडियोमा एउटा साँढेले बजारमा हंगामा गरेको देख्न सकिन्छ । 

सबैभन्दा बढी क्षति मोबाइल पसलमा भएको छ । भिडियो देख्दा यस्तो लाग्छ मोबाइल पसलवालासँग एकदमै रिसाएको छ । मानौं साँढेले केहीबेरअघि कुनै मोबाइल किनेको थियो र त्यो मोबाइल वा चार्जर खराब भयो,  त्यसपछि रिसाएको साँढे मोबाइल बेच्नेलाई सबक सिकाउन चाहन्थ्यो । भिडियोको एक ठाउँमा यस्तो पनि देखिन्छ, साँढे केहीबेर रोकिन्छ र कसैलाई खोजेको जस्तो गर्छ, जसबाट उसले मोबाइल किनेको थियो । 

हुन पनि भिडियोमा के देखिन्छ भने साँढे तरकारी वा अन्य खानेकुराको पसल छाडेर मोबाइल पसलमै पस्छ । साँढे डनजस्तै मोबाइल काउन्टरलाई पल्टाउँछ र यताउता हेर्छ । कर्मचारीहरूले भने डराएर भागिरहेका देखिन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्