![खराब मोबाइल बेच्नेलाई पिट्न खोजेजस्तै साँढे मोबाइल पसलमा पसेपछि... [भिडियो]](https://lktcdn2.prixacdn.net/media/sande_uwKK4TH6f1.jpg)
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसलाई देखेर तपाईं हैरान हुनुहुनेछ ।
भिडियोमा एउटा साँढेले बजारमा हंगामा गरेको देख्न सकिन्छ ।
सबैभन्दा बढी क्षति मोबाइल पसलमा भएको छ । भिडियो देख्दा यस्तो लाग्छ मोबाइल पसलवालासँग एकदमै रिसाएको छ । मानौं साँढेले केहीबेरअघि कुनै मोबाइल किनेको थियो र त्यो मोबाइल वा चार्जर खराब भयो, त्यसपछि रिसाएको साँढे मोबाइल बेच्नेलाई सबक सिकाउन चाहन्थ्यो । भिडियोको एक ठाउँमा यस्तो पनि देखिन्छ, साँढे केहीबेर रोकिन्छ र कसैलाई खोजेको जस्तो गर्छ, जसबाट उसले मोबाइल किनेको थियो ।
हुन पनि भिडियोमा के देखिन्छ भने साँढे तरकारी वा अन्य खानेकुराको पसल छाडेर मोबाइल पसलमै पस्छ । साँढे डनजस्तै मोबाइल काउन्टरलाई पल्टाउँछ र यताउता हेर्छ । कर्मचारीहरूले भने डराएर भागिरहेका देखिन्छन् ।
Charger pic.twitter.com/4tQZSJnHf3
— UncleRandom (@Random_Uncle_UK) September 22, 2021