
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ ।
९ वटै स्थानीय तहमा शनिवार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ ।
शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।
शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन् । नगर उपसभापतिमा देवराज जोशी र हरिसिंह कुँवर चयन भएका छन् ।
नगर सचिवमा हिमालय चन्द र हरेन्द्रकुमार भण्डारीलाई चयन गरिएको छ । यसै गरी सहसचिवमा तारादत्त अवस्थी र ध्रुवराज पन्त चयन भएका छन् ।
सदस्यसमेत सहमतिकै आधारमा छिनोफोनो गरिएको छ । कोषाध्यक्ष पदका लागिसमेत सहमतिकै आधारमा नेतृत्व चयन गरिने नेपाली कांग्रेस शुक्लाफाँटाका निवर्तमान सभापति जयबहादुर बिष्टले बताए ।
भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन् । कलौनी निकटतम प्रतिद्वन्द्वी आशिष खत्रीलाई १२३ मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भएका छन् ।
कलौनीले २५० र खत्रीले १२६ मत ल्याएका थिए । उपसभापतिमा क्रमशः दीपेन्द्रसिंह विष्ट २३२, सुशील भट्ट २५५, सचिवमा क्रमश: नितु भट्ट (भण्डारी) २२६, शाहिल भट्ट २०१, सहसचिवमा क्रमशः केशवदत्त पाण्डे २५५ र नारायण पन्त १७६ मत ल्याई विजयी भएका छन् ।
वेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु निर्वाचित भएका छन् । शाहु आफ्ना निकटतम प्रतिद्वन्द्वी पुष्पराज भट्टलाई सात मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भएका छन् ।
शाहुले ७८ र भट्टले ७१ मत ल्याएका थिए । उपसभापति पदमा क्रमशः चन्द्र कुँवर ९१, भोजराज भट्ट ७४, दिलुप्रसाद बोहराले ६१, मथुरा चन्दले ४९ मत, सचिव पदमा सुवास मल्ल ७२ मत, अमृत बोहरा ७६, पवन नेपाली, ५७ मत, सहसचिव पदमा भुवन अर्याल ८३, लक्ष्मीदेवी पातली ८०, तीर्थराज उप्रेती ६७ र शेरबहादुर ऐरले ५८ मत ल्याएर विजयी भएका छन् ।
कृष्णपुर नगरसमितिको सभापतिमा विष्णु खड्का निर्विरोध चयन भएका छन् । कांग्रेसको १४औँ नगर सभापतिमा खड्का एक्लैको उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका छन् ।
नगर उपसभापतिमा प्रकाश खड्का र गजेन्द्रसिंह धामी चयन भएका छन् । नगरसचिवमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियाद्वारा पदाधिकारी चयन गरिएका छन् ।
सचिव पदमा राजबहादुर रोकाया र सुरत महता चयन भएका छन् । रोकायाले कूल १२४ मत र महताले ९८ मत पाएका थिए । यसै गरी सहसचिवमा शोभा खुना र राकेश महरा चयन भएका छन् ।
नेपाली कांग्रेस लालझाडीको गाउँसमितिको सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राजेश राना दोब्बर मत अन्तरले पराजित भए ।
निर्वाचित रानाले ६३ र राजेशले २७ मत ल्याएका थिए । गाउँसमितिको उपसभापतिमा वीरबहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रमेश विष्ट, मेघ राना, सहसचिवमा शिवनारायण चौधरी र रामबहादुर चौधरी निर्वाचित भए ।
बेलडाँडी गाउँसमितिको सभापतिमा गजबहादुर विष्ट निर्वाचित भए । निर्वाचनमा खसेको ८५ मतमध्ये गजबहादुरले ४५ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी पृतबहादुर विष्ट रहेका थिए ।
उपसभापतिमा टीकासिंह खड्का ४३ र ठगना राना ४० मतका साथ निर्वाचित भएका छन् । यस्तै सचिवमा विजयी धनबहादुर रोकाया र सचिवमा कुलैराज उपाध्याय विजयी भए । सहसचिवमा भने देशुराम चौधरी र नरेशसिंह धामी विजयी भए ।
बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित भए । चौधरी ९० मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत प्राप्त गरेका थिए ।
उपसभापतिमा दीपकसिंह विष्ट ९६ र योगबहादुर चन्द ८६ मतसहित निर्वाचित भए । सचिवमा कन्हैया राना ८५ र भूपेन्द्रबहादुर शाही ८९ मतसहित निर्वाचित भए । त्यसै गरी सहसचिवमा राजेन्द्रसिंह राय ८७ र नरेन्द्रसिंह विष्ट ८१ मतसहित निर्वाचित भएको मतदान अधिकृत जनकबहादुर चन्दले जानकारी दिए ।
पुनर्वास नगर कार्यसमितिको सभापतिमा शुकबहादुर तामाङ विजयी भए । तामाङ निकटतम प्रतिद्वन्द्वी दिलबहादुर बोहरालाई १० मतले पछि पार्दै विजयी भए ।
उपसभापतिका उम्मेदवार खगेन्द्र ओझा ८९ र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याएर विजयी भए । त्यसै गरी सचिव पदका उम्मेदवार परी रावल ८० र चन्द्रमणि गैरे ७७ मत ल्याएर विजयी भए । सहसचिवका उम्मेदवार रामकुमार रानाले ७५ र लौटन राना ७२ मत ल्याएर विजयी भए ।
दोधारा चाँदनी नगरसभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भए । मल्लको नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्णबहादुर सिंह सचिवमा महेन्द्र विष्ट, दिलबहादुर सिजाली तथा सहसचिवमा रमेश भण्डारी र कुशालसिंह साउद निर्विरोध चयन भए । रासस