०८ साउन २०८३, शुक्रबार

दक्षिण कोरियामा कोरोनाविरुद्धको खोप गर्भवती र बालबालिकालाई पनि लगाइने

असोज ११, २०७८
दक्षिण कोरियामा कोरोनाविरुद्धको खोप गर्भवती र बालबालिकालाई पनि लगाइने
तस्वीरः एएफपी ।

दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती र १२-१७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ । स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । 

यस निर्णयसँगै अक्टोबर १८ देखि शुरू हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन् ।

गत जुलाइदेखि बालबालिकामा पनि  संक्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो । अगस्टमा मात्र उक्त उमेर समूहका ३ हजार ५० बालबालिका संक्रमित भएका थिए।  त्यसै गरी एक लाख ३६ हजार गर्भवतीहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् । 

अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू संक्रमित हुँदा अन्य भन्दा ६ गुणा बढी जटिलता हुन सक्ने हुन्छ। 

यसै गरी स्वास्थ्य निकायले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ । 

हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ। रासस-सिनह्वा

salt training

कमेन्ट गर्नुहोस्