
दुनियाँमा ‘लभ’का अनेक हिस्सा सुनिन्छन् । जब एकै केटासँग ३ बहिनीको ‘लभ’ परेपछि के होला ?
भारतको उत्तर प्रदेशस्थित रामपुरमा एउटा यस्तै घटना सार्वजनिक भएको छ । एकै केटासँग लभ गर्ने तीनै सहोदर बहिनी हुन् ।
‘लभ’ चलिरहेको घरपरिवारका सदस्यले थाहा पाएपछि विरोध गरे । तर १ केटासँगै जाने ३ बहिनीले आपसमा सहमति गरेर घर छाडेका छन् । तीनै बहिनी सहमतिमै एकै केटासँग भागेपछि गाउँमा चर्चा चुलिएको छ भने परिवार हैरान भएका छन् ।
भारतीय मिडिया जागरणमा प्रकाशित खबरअनुसार रामपुरको अजीमनगर थाना क्षेत्रमा घटना भएको हो । ३ बहिनी घरबाट हराएपछि परिवारले खोजी शुरू गरे । तर परिवारले ‘लभ’को विषय लुकाएर राखेका थिए ।
एकै केटासँग भागेका ३ बहिनीमध्ये २ बहिनी बालिग र १ बहिनी नाबालिग रहेकी खबरमा उल्लेख छ । घटना गाउँभर फैलिएपनि प्रहरीमा खबर गरिएको छैन । परिवारले आफैं खोजी गरिरहेका छन् ।
अजीमनगर थानाका अध्यक्ष रविन्द्र कुमारले प्रहरीमा कुनै उजुरी नआएको बताए । उजुरी आएमा खोजी गर्ने प्रहरीले जनाएको छ ।