१३ असार २०८३, शनिबार

विद्यालयका कर्मचारीको तलब वृद्धि

असोज १३, २०७८
विद्यालयका कर्मचारीको तलब वृद्धि
प्रतिकात्मक तस्वीर

स्याङ्जाको हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रमबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए ।

विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक १७ हजार, बालविकासका कर्मचारीको १६ हजार रुपैयाँ र विद्यालयका कर्मचारीको १५ हजार रुपैयाँ मासिक पारिश्रमिक दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्