११ असार २०८३, बिहीबार

जब शहरमै घरनजिक बसिरहेकी महिलालाई चितुवाले आक्रमण गर्‍यो...

जब शहरमै घरनजिक बसिरहेकी महिलालाई चितुवाले आक्रमण गर्‍यो...

मुम्बइको आरे मिल्क कोलोनीमा एक महिलालाई चितुवाले हमला गरेको भिडियो भाइरल बनेको छ ।

५५ वर्षीया महिलालाई चितुवाले आक्रमण गरेको हो । महिलाले एक छडीले प्रहार गरेपछि चितुवा भागेको थियो ।

यस क्षेत्रमा चितुवाले मानिसलाई आक्रमण गरेको  छैटौं घटना भएको भारतीय अनलाइन दैनिक भाष्करले लेखेको छ ।

घटना साँझ ७:४५ को हो । निर्मलादेवी रामवदन सिंह नाम गरेकी महिला आफ्नो घरबाहिर बसिरहेकी थिइन् ।

सोही क्रममा उनलाई चितुवाले पछाडिबाट आएर आक्रमण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्