लोकप्रिय सामाजिक सञ्जाल याप टिकटकमा खतरनाक ट्रेन्ड भाइरल भएपछि अधिकारीहरूले टिकटकलाई सुधार ल्याउन आग्रह गरेका छन् ।
अक्टोबर महिनामा विद्यार्थीले शिक्षकलाई थप्पड हान्ने च्यालेन्ज ट्रेन्ड गरिरहेको छ । शिक्षकलाई थप्पड हान्ने अनि समातिनुअघि भाग्ने ट्रेन्ड चलेको हो ।
अमेरिकाको कनेक्टिकटका महान्यायाधिवक्ता विलियम टोङले छाडा सामग्री रोक्नका लागि सुधार गर्ने प्रतिबद्धता टिकटकले सांसद, शिक्षक र मातापितासँग गर्नुपर्ने बताएका छन् ।
‘सामाजिक सञ्जालले बालबालिकालाई कानून तोड्न, आफैंलाई क्षति पुर्याउन र खतरनाक प्य्रांक गर्न उत्प्रेरित गर्नु गलत छ,’ टोङले टिकटकका सीईओलाई पत्र लेखेर बताए ।
टिकटकले यस्तो ट्रेन्ड चलेको विषय नै अस्वीकार गरेको छ र यो शिक्षकहरूको अपमान भएको बताएको छ । यो टिकटकमा ट्रेन्ड नबनेको भए पनि कुनै यस्तो सामग्री देखिएमा तत्काल हटाइने बताएको छ ।
तर च्यालेन्जकै कारण दुईवटा विद्यालयमा थप्पड हान्ने घटनाहरू भएको बताइएको छ ।