१९ असार २०८३, शुक्रबार

काठमाडौंबाट दोलखा हिँडेको रिजर्भ बस सिन्धुपाल्चोकमा दुर्घटना, कम्तीमा २० जना घाइते

काठमाडौंबाट दोलखा हिँडेको रिजर्भ बस सिन्धुपाल्चोकमा दुर्घटना, कम्तीमा २० जना घाइते

काठमाडौंबाट दोलखा जादै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को ७ किलो भन्ने ठाउँमा दुर्घटना भएको छ । 

काठमाडौंबाट रिर्जभ लिएर गएको कान्तिपुर सुपर यातायात प्रालिको बा ४ ख १८०२ नम्बरको बस लामोसाँघु–जिरी सडक खण्डको ७ किलोमा दुर्घटनामा परेको ठूलोपाखर प्रहरी चौकीले बताएको छ । 

बसमा सवार कम्तिमा २० जना घाइते भएको र एक जनाको अवस्था चिन्ताजनक देखिएको घटानस्थलमा रहेका प्रहरीले बताए ।

दुर्घटनास्थलमा घाइतेको उद्धार भइरहेको र थप विवरण केहीबेरमा उपलब्ध गराउने ठूलोपाखर प्रहरी चौकीले बताएको छ । 

काठमाडौं उपत्यकामा चल्ने बस रिजर्भ टीप लिएर दोलखाको चरिकोटको लागि गएको बुझिएको छ । के कारणले दुर्घटना भएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्