माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
असोज २८, २०७८
२०७४ सालमा दशैंको खुशीको उपहार भन्दै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय चुनावमा तालमेल गर्ने र एउटै पार्टी बनाउने खबर सार्वजनिक भएका थिए । २ ठूला कम्युनिस्ट पार्टीहरू एक हुने त्यसवर्षको दशैंलगत्तै सार्वजनिक हुँदा नेपालको राजनीति निकै तरङ्गीत भएको थियो ।
त्यतिबेला पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार थियो । पहिलो ९ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरी पहिलो चरणको स्थानीय तहको निर्वाचन सकेर सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पेका थिए ।
गठबन्धन सरकारको नेतृत्व देउवालाई जिम्मा लगाएपछि केही फुर्सदिला भएका प्रचण्ड र प्रतिपक्षमा रहेको एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सहयोगी नेतामार्फत संवाद अघि बढाए ।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सम्भावनाको आकलन समेत नभएको बेला २ पार्टी एकताको खबर सार्वजनिक भएको थियो ।
२०७४ असोज १७ गतेबाट मोर्चा बनाएर चुनावमा सहभागी भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको थियो । जुन २०७७ फागुन २३ गतेसम्म कायम रह्यो ।
दुवै पार्टी एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा २ अध्यक्ष रहेका केपी शर्मा ओली र प्रचण्डबीच कुरा मिल्न छाडेको थियो । त्यहीबेला नामको विवादको विषयमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टीले रोजेको नाम पहिल्यै अर्को पार्टीले लिएकाले नेकपा नाम दिन नसकिने फैसला गरेपछि २ पार्टी पूर्ववत अवस्थामा फर्किएका छन् ।
त्यसमा पनि २०७७ पुस ५ गते पार्टीको आन्तरिक किचलोलाई लिएर तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नै २ पार्टीको अलग यात्रा तय भइसकेको थियो । त्यसलाई फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले अन्तिम किनारा लगाइदियो ।
२०७८ सालको दशैंमा पनि एमाले र माओवादी केन्द्रबीचको एकताको चर्चा बहसमा आएको छ । यो चर्चालाई सहतमा ल्याइदिएकी हुन् नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ।
असोज २६ गते नेपाल डाइलग फोरमले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा सहभागी भएकी नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेपालको विकास र समृद्धिको लागि एमाले र माओवादी केन्द्र मिल्न आवश्यक रहेको सल्लाह दिएकी छन् ।
कार्यक्रममा सहभागी माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले २ पार्टी मिल्दा नेपालको विकास र समृद्धिको लागि सहयोगी हुने धारणा राखेको बताए ।
‘चीनमा कम्युनिस्ट पार्टी १०० वर्ष पुगेको अवसरमा नेपाल डाइलग फोरमले पुस्तक प्रकाशन गरेको रहेछ । पुस्तक विमोचनको क्रममा चीनको विकास र समृद्धिको चर्चा भएको थियो । नेपालमा पनि विकास समृद्धिको लागि माओवादी केन्द्र र एमाले मिल्दा राम्रो हुने चर्चा राजदूतले गर्नुभएको थियो,’ बस्नेतले भने ।
कम्युनिस्ट एकताका लागि चिनियाँ सहजीकरण
नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि चिनियाँ चासो प्रकट भएको यो पहिलो सन्दर्भ होइन । एमाले र माओवादी एकीकरणबाट छुट्टिएपछि चिनियाँ पक्षले सार्वजनिक रूपमा एकताको लागि सल्लाह दिएको भने यो पहिलो हो तर २ पार्टी मिलेर नेकपा रहेको बेला पार्टी भित्रको विवाद मिलाउन र विभाजन टार्नको लागि चिनियाँ पक्षले भरमग्दुर प्रयत्न गरेको थियो ।
तत्कालीन नेकपा भित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत यान्छीले नेताहरूको घरदैलो चहारेकी थिइन् । त्यति मात्रै होइन, उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर एमाले र माओवादी केन्द्र बीचको एकता कायम गराउन प्रयास गरेकी थिइन् ।
२०७७ वैशाखयता नेकपाभित्र आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपा भित्रको विवाद समाधानको सहजीकरण चिनियाँ राजदूत यान्छीले गरेकी थिइन् । चिनियाँ पक्षले नेपालमा कम्युनिस्ट शक्ति बलियो र एकताबद्ध रहोस् भन्ने चाहँदै आएको छ । एमाले र माओवादीबीचको एकीकरणमा पनि चिनियाँ भूमिका रहेको चर्चा हुँदै आएको थियो । २०७७ वैशाख र असारमा राजदूत यान्छीले देखाएको सक्रियताले त्यो चर्चालाई पुष्टि गर्दथ्यो ।
२०७७ वैशाख १५ गते राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, वैशाख १८ गते प्रधानमन्त्री केपी ओलीलाई छुट्टाछुट्टै भेटेर पार्टी भित्रको विवाद समाधानमा सहजीकरण गरेकी थिइन् । वैशाख १९ गते प्रचण्ड र नेता माधवकुमार नेपाललाई यान्छीले उनीहरूको निवासमै गएर भेटेकी थिइन् । उनको त्यो सक्रियतापछि नेकपा भित्रको विवाद केही मत्थर भएको थियो तर असारमा फेरि विवाद उछालियो । त्यसबेला पनि यान्छीले नै सहजीकरण गरेकी थिइन् । त्यसबेला यान्छीले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी, असार २१ गते नेता माधव नेपाल र असार २३ गते वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर विवाद समाधानमा सहजीकरण गरेकी थिइन् ।
यान्छीको सक्रियताले नेकपा भित्रको विवाद साम्य भयो तर समाधान हुन सकेन । भित्रभित्रै भुसको आगो जस्तो बनेको विवाद २०७७ पुस ५ गते संसद विघटनको रूपमा विस्फोट भयो । नेताहरू प्रचण्ड र माधव नेपाल लगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा मागेपछि ओलीले प्रत्युत्तरमा संसद विघटन गरिदिएका थिए ।
संसद विघटनपछि नेताहरूबीच देखिने गरी कित्ताकाट भयो । संसद विघटनको पक्ष र विपक्षमा उनीहरू उभिए । पार्टीभित्र एकले अर्कोलाई कारबाहीको शृंखला चल्यो । नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेपछि नेकपाका नेताहरूको मन बुझ्नका लागि चिनियाँ उपमन्त्री नेतृत्वको टोली काठमाडौं ओर्र्लिएको थियो ।
२०७७ पुस १२ गते काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको ४ सदस्यीय टोलीले नेकपाका नेताहरूलाई छुट्टाछुट्टै भेटेर पार्टी विवाद समाधान गर्न दबाब दिएको थियो ।
अहिले सम्भव छ एमाले–माओवादी एकता ?
यतिबेला एमाले र माओवादी केन्द्रको अवस्था आगो र पानीको जस्तो छ । एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने अवस्थामा उनीहरू छन् । सार्वजनिक मञ्चमा दुवै पार्टीका नेताले एकअर्कालाई खुइल्याएर भाषण गरिरहेका छन् ।
अहिले २ पार्टीको मुख्य विवाद संसद विघटनका कारण उत्पन्न परिस्थितिले निम्त्याएको छ । त्यसले देशको राजनीतिलाई नै २ ध्रुवमा बाँडिदिएको छ । एउटा कित्तामा संसद विघटन गरेर आएका र त्यसलाई समर्थन गर्ने पक्ष छ भने अर्कोमा संसद विघटनलाई प्रतिगामी भनेर बनेको गठबन्धन छ । संसद विघटन विरोधी कित्ता प्रभावशाली छ ।
अहिले माओवादी केन्द्र संघीय सरकारमा प्रभावशाली मन्त्रालय र प्रदेशमा ३ वटा प्रदेशको मुख्यमन्त्रीसहित सत्तामा छ । एमाले केन्द्र र २ प्रदेशबाहेक सबैतिर सत्ता नेतृत्व गुमाएर प्रतिपक्षमा छ ।
चिनियाँ राजदूत होउ यान्छीले २ पार्टी मिल्न सुझाव दिएको भए पनि अहिलेको परिस्थितिमा त्यो सान्दर्भिक नभएको माओवादी केन्द्रका नेता शक्ति बस्नेत बताउँछन् ।
‘हाम्रो शुभेच्छुकले देशको विकास र समृद्धिको लागि पार्टीहरू मिलेर अघि बढून् भन्ने चाहना राख्नु स्वाभाविक हो तर वर्तमान परिस्थिति त्यस अनुकूलको छैन,’ बस्नेतले भने, ‘संसद विघटन गर्ने र त्यो बेठीक हो भन्नेहरू फरक कित्तामा उभिएका छन् । शुभेच्छुकहरूले राखेको सदिच्छालाई धन्यवाद भन्न सकिन्छ ।’
अहिले नै भविष्यको आकलन गर्न नसकिने बस्नेत बताउँछन् । ‘एमाले–माओवादी मिल्छन् र फेरि छुट्टिन्छन् भन्ने आकलन कसैले गरेको थिएन । फेरि भविष्यमा के हुन्छ भन्ने अहिल्यै आकलन गर्न सकिँदैन,’ उनले भने ।
तर चिनियाँ पक्षले निरन्तर रूपमा नेपालमा कम्युनिस्ट एकताको लागि पहल र पैरवी गर्दै आएको छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...