×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

संस्कृति

दशैंको विजयपछि युद्धको झल्को दिने ‘सराय नाच’

बुटवल | कात्तिक १, २०७८

NTC
TVS INSIDE

बडादशैंको अवसरमा देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच नाच्ने गरिन्छ । सराय नाचको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विशेष महत्त्व छ ।

Sanima Bank
morang Auto yamaha

दानव (राक्षस) माथि देवताले विजयी हाँसिल गरेपछि त्यसको खुशीयालीमा सराय नाच नाचिने जनविश्वास रहिआएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

लुम्बिनी प्रदेशका विषेशगरी पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानमा सराय नाच प्रसिद्ध छ । दशैंको टीकाको भोलिपल्ट एकादशीको दिनदेखि कोजागत पूर्णिमासम्म शक्तिपीठहरूमा सराय नाचिन्छ । दूर्गा र कालिका मन्दिरमा दशैसँगै सराय नाचको विशेष महत्त्व छ ।

खुँडा, भाला, तरबार, ढाल लगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाँचिन्छ । नाचमा हतियार एकआपसमा जुधाइन्छ । यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकारहरू बताउँछन् । 

अर्घाखाँचीको अर्घा सराय नाचका लागि बढी प्रसिद्ध रहेको छ । गुल्मीको इम्मा सहितका हरेक कोटहरूमा दशैंैदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । अर्घाखाँचीका लेखक तथा संस्कृतिका जानकार ऋषि आजादले नयाँ पुस्ताले सरायको अनुशरण गर्न नसक्दा ऐतिहासिक सराय नाच संकटमा परेको बताए ।

पछिल्ला वर्ष धेरै जिल्लामा नाचिए पनि सराय नाचको शुरूआत अर्घाखाँचीबाट भएको आजाद बताउँछन् । ‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि  सराय नाच्छन्,’ आजाद भन्छन्, ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराय नाच नचाउने गरेपछि नै यसको शुरूआत भएको बताइन्छ । अहिले आएर यो नाच संकटमा छ ।’

मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीय आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवान्को रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि सुरक्षाको संस्कार शुरू भएको आजादको भनाइ छ ।

यसरी नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिई सराय नाच शुरू हुन्छ । पहिला कोट वा मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ ।

यो नाच ३०० वर्ष पुरानो मानिन्छ । अहिले प्रत्येक वर्ष अंग्रेज फौजलाई पराजित गरेको रूपन्देहीको बुटवलस्थित जीतगढी किल्लामा पनि यो नाच नाचिन्छ । 

पहिलेका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दशैं बिदाइका बेला राजालाई देखाउने गरी नाच शुरू भएको हो । त्यसैले यसमा पनि पहिले लडाइँ वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ । सराय हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने आजाद बताउँछन् ।

गुल्मी र अर्घाखाँचीका कोट नाम गरेका ठाउँहरू धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, असुरकोट, छत्रकोट र मानकोट लागयतका स्थानको नाम सरायसँग जोडिएर आउँछ । 

तराई क्षेत्रमा भने नौलो मानिन्छ । शुरूका वर्षहरूमा पुरुषहरू मात्रै सरायमा सहभागी हुने भए पनि अहिले महिला समेत नाच्ने गरेका छन् । पञ्चेबाजाको तालमा नाचिने सराय नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ ।

सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रङ्गीचङ्गी सहितका ध्वजापताकाले सिँगारिएको आलमलाई भगवान्को प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ । 

लेखक केवी मशालले प्यूठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए । ‘धारिलो खुँडा नचाउन कौशलता चाहिन्छ, यो कौशलताका लागि शक्ति र आँट समेत आवश्यक छ,’ मसालले भने, ‘गुल्मी, अर्घाखाँचीबाट शुरू भएको सराय नाच पछिल्लो समय कपिलवस्तु, दाङ जिल्लामा समेत नाचिन थालेको छ ।’ 

सराय हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनको लागि आफ्नो पहाड घर फर्कन्छन् । सराय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसर समेत पाउँछन् । सराय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलौना लगायतका सामग्रीको राम्रो व्यापार हुन्छ ।

दशैंमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्त्व अरुलाई पनि बुझाउन सके पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको ब...

माघ १, २०७८

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...

माघ ४, २०७८

२०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।  आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्श...

माघ १, २०७८

पुसको अन्तिम दिनदेखि थारु बस्तीमा माघ तथा माघी पर्वको उल्लास छाएको छ । कोरोना महामारीका कारण प्रशासनले जारी गरेको लकडाउनबीच पर्वको रौनक बढेको हो । थारु बस्तीहरू माघी सम्बन्धी गीतहरूले गुञ्जयमान छन् । मा...

माघ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लाग...

माघ १, २०७८

माघे संक्रान्तिको अवसरमा शनिवार भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन शनिवार भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...