×

NMB BANK
NIC ASIA

बुद्धचित्तको विषयलाई लिएर डनहरुको विवाद, झडप हुने खतरा

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे, ७ असार - बुद्धचित्तको बोटको विषयलाई लिएर काभ्रेमा तनाव सिर्जना भएको छ । काभ्रेको रोशी ५ मा एउटै बुद्धचित्तको बोटमा तीन समुहले दावी गरेपछि झडप नै हुने अवस्था सिर्जना भएको छ ।

तीन समुहले बोटमा दावी गर्दै तीन सय भन्दा बढी युवाहरु परिचालन गरेका छन् ।

बुद्धचित्तको फलमा तीनै पक्षको दावी भएपछि समस्या उत्पन्न भएको हो । सो विषयमा अहिले अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी शकुल थापाले जानकारी दिए ।

मुल्यको हिसावले महंगो पर्ने भएकोले तीन समुहले दावी गरेका हुन् । उक्त बोटको फल बेच्दा एक करोड भन्दा बढी मुल्य पर्छ ।

बोटका किसानले फरक फरक समयमा एउटै बोट तीन जनालाई बेचेर बैना लिएपछि समस्या सिर्जना भएको हो ।
अहिले तीनै समुहले बौद्धचित्तको माला आफूहरुले पाउनुपर्ने बताउँदै आएका छन् । किसान ठगुरानी तामाङले आफ्नो बारीमा रहेको बोटको फल सत्यमान लामा, सुनील लामा र द्वाञ्जु लामालाई विक्रि गरेकी छिन् । तीन सयमा तीन जनालाई बेचेर बैना रकम लिएपछि अहिले टिप्ने बेलामा चाहिँ समस्या भएको हो ।

सत्यमानले लामो समयदेखि ठगुरानीको बौद्धिचित्त आफूले टिपिरहेको बताउँदै अहिले पनि आफूले टिप्न पाउनुपर्ने दावी गरेका छन् । मालामा दावी गरेका अर्का सुनीलले चाहिँ आफूले मालाको लागि ३४ लाख रुपैयाँ बैना बुझाइसकेको बताएका छन् ।

सुनीलको समुहले जिल्ला प्रहरी कार्यालयमा सुरक्षा मिलाइदिन भन्दै उजुरी समेत दिएको छ । आफूले पहिले रकम बुझाएकोले माला आफूले पाउनुपर्ने सुनीलले बताएका छन् । उनी राकेश लामा र गणेश लामाका समुहका व्यक्ति हुन् । उनलाई मधेशी जनाधिकार फोरमका केन्द्रीय सदस्य गणेश लामाको संरक्षण रहेको छ ।

उनको समुहले मालाका लागि पटक पटक गरेर बुझाएको रकमको जानकारी समेत पुलिसलाई दिएको छ । दावी गर्ने अर्का सत्यमानले पनि आफूले पटक पटक गरेर ५० लाख भन्दा बढी बुझाइसकेको दावी गरेका छन् ।
सत्यमानले ठगुरानीका श्रीमानले समेत आफूहरुलाई माला दिन चाहेको बताएका छन् ।

विवाद बढेपछि उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मालामा विवाद भएपनि सत्यमानको समुहले टिप्न सुरु गरेको थियो । माला टिप्न सुरु हुने वित्तिकै तीनवटै समुह भिडन्तमा उत्रिएपछि अहिले प्रहरीले पहरा दिइरहेको छ ।

विप्लव माओवादीले समेत उक्त रुखमा चासो देखाएको छ । त्यहाँ रहेका रुखहरु मध्ये यो रुख सबैभन्दा महंगो रुख हो ।

ठगुरानी भने लामो समयदेखि सम्पर्क बिहीन छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x