०८ असार २०८३, सोमबार

बुद्धचित्तको विषयलाई लिएर डनहरुको विवाद, झडप हुने खतरा

कात्तिक २०, २०७४
बुद्धचित्तको विषयलाई लिएर डनहरुको विवाद, झडप हुने खतरा

काभ्रे, ७ असार - बुद्धचित्तको बोटको विषयलाई लिएर काभ्रेमा तनाव सिर्जना भएको छ । काभ्रेको रोशी ५ मा एउटै बुद्धचित्तको बोटमा तीन समुहले दावी गरेपछि झडप नै हुने अवस्था सिर्जना भएको छ ।

तीन समुहले बोटमा दावी गर्दै तीन सय भन्दा बढी युवाहरु परिचालन गरेका छन् ।

बुद्धचित्तको फलमा तीनै पक्षको दावी भएपछि समस्या उत्पन्न भएको हो । सो विषयमा अहिले अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी शकुल थापाले जानकारी दिए ।

मुल्यको हिसावले महंगो पर्ने भएकोले तीन समुहले दावी गरेका हुन् । उक्त बोटको फल बेच्दा एक करोड भन्दा बढी मुल्य पर्छ ।

बोटका किसानले फरक फरक समयमा एउटै बोट तीन जनालाई बेचेर बैना लिएपछि समस्या सिर्जना भएको हो ।
अहिले तीनै समुहले बौद्धचित्तको माला आफूहरुले पाउनुपर्ने बताउँदै आएका छन् । किसान ठगुरानी तामाङले आफ्नो बारीमा रहेको बोटको फल सत्यमान लामा, सुनील लामा र द्वाञ्जु लामालाई विक्रि गरेकी छिन् । तीन सयमा तीन जनालाई बेचेर बैना रकम लिएपछि अहिले टिप्ने बेलामा चाहिँ समस्या भएको हो ।

सत्यमानले लामो समयदेखि ठगुरानीको बौद्धिचित्त आफूले टिपिरहेको बताउँदै अहिले पनि आफूले टिप्न पाउनुपर्ने दावी गरेका छन् । मालामा दावी गरेका अर्का सुनीलले चाहिँ आफूले मालाको लागि ३४ लाख रुपैयाँ बैना बुझाइसकेको बताएका छन् ।

सुनीलको समुहले जिल्ला प्रहरी कार्यालयमा सुरक्षा मिलाइदिन भन्दै उजुरी समेत दिएको छ । आफूले पहिले रकम बुझाएकोले माला आफूले पाउनुपर्ने सुनीलले बताएका छन् । उनी राकेश लामा र गणेश लामाका समुहका व्यक्ति हुन् । उनलाई मधेशी जनाधिकार फोरमका केन्द्रीय सदस्य गणेश लामाको संरक्षण रहेको छ ।

उनको समुहले मालाका लागि पटक पटक गरेर बुझाएको रकमको जानकारी समेत पुलिसलाई दिएको छ । दावी गर्ने अर्का सत्यमानले पनि आफूले पटक पटक गरेर ५० लाख भन्दा बढी बुझाइसकेको दावी गरेका छन् ।
सत्यमानले ठगुरानीका श्रीमानले समेत आफूहरुलाई माला दिन चाहेको बताएका छन् ।

विवाद बढेपछि उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मालामा विवाद भएपनि सत्यमानको समुहले टिप्न सुरु गरेको थियो । माला टिप्न सुरु हुने वित्तिकै तीनवटै समुह भिडन्तमा उत्रिएपछि अहिले प्रहरीले पहरा दिइरहेको छ ।

विप्लव माओवादीले समेत उक्त रुखमा चासो देखाएको छ । त्यहाँ रहेका रुखहरु मध्ये यो रुख सबैभन्दा महंगो रुख हो ।

ठगुरानी भने लामो समयदेखि सम्पर्क बिहीन छन् ।

salt training

कमेन्ट गर्नुहोस्