११ असार २०८३, बिहीबार

कोरोनामुक्त भयो ताप्लेजुङ

कात्तिक १०, २०७८
कोरोनामुक्त भयो ताप्लेजुङ

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ ।

पछिल्लो पटक संक्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा यांकवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमवार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका  संक्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१  संक्रमित भएका  थिए । 

तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६  संक्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ संक्रमित भएका थिए । 

कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्