११ असार २०८३, बिहीबार

जहाँ पुरुषको मृत्युमा परिवारका महिलाको औंला काटिन्छ

कात्तिक ११, २०७८
जहाँ पुरुषको मृत्युमा परिवारका महिलाको औंला काटिन्छ

संसारमा अचम्म अचम्मका घटनाहरू भइरहेका हुन्छन् । ठाउँविशेषका परम्पराहरू फरकफरक पाइन्छन् ।

बैतिरको परम्पराहरू सबैलाई थाहा हुँदैन । थाहा पाउँदा भने त्यो रोचक लाग्छ । 

यहाँ इन्डोनेशियाका यस्तो परस्पराको चर्चा गरिएको छ, जुन सुन्दा एकछिन् तपाईं पनि अचम्ममा पर्नुहुन्छ । 

हामी जो कोही कसैको मुत्युमा दुःखी हुन्छौँ । शोक मनाउँछौँ । शोक मनाउने वा मृतकलाई सम्झने अनेक प्रचलनहरू पाइन्छ ।   

इन्डोनेशियामा यस्तो प्रथा छ कि जहाँ घरका कोही सदस्यकामे मृत्यु भएमा महिलाको औँला काटिन्छ ।

इन्डोनेशियामा रहेको दानी समूदायमा यस्तो दर्दनाक प्रचलन रहेको छ । 

पपुवा न्यू गिनिया द्वीपमा अवस्थित सो समूदायमा घरको मुखियाको मृत्यु भएमा परिवारमा रहेका सबै महिलाको औंलो काटिन्छ । 

यस समूदायका मानिसहरूले कसैको मृत्युमा महिलाको औँला काटेमा मृत आत्माले शान्ति पाउने विश्वास रहिआएको बताइन्छ । 

त्यो समूदायमा, यो नै मृतकप्रति श्रद्धाञ्जली दिने तरिका हो ।
 

salt training

कमेन्ट गर्नुहोस्