२० असार २०८३, शनिबार

स्पेनका सभामुखसहितको टोलीद्वारा भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

कात्तिक ११, २०७८
स्पेनका सभामुखसहितको टोलीद्वारा भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडोको नेतृत्वमा नेपाल भ्रमणमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डलले आज विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक भक्तपुरको सम्पदाको अवलोकन गरेको छ ।
    
    आज साँझ भक्तपुरको दरबार स्क्वायर आइपुगेको स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारी सहभागी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वाग्मती प्रदेश सभासदस्य सुरेन्द्रराज गोसाई, रजनी जोशी, सरस्वती वाटीलगायतले स्वागत गरे ।
    
    डेलगाडोसहितको टोली र बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई नगरप्रमुख प्रजापतिले खादा ओढाएर भादगाउँले टोपी लगाई पुप्पगुच्छा प्रदान गर्दै दरबार स्क्वायर गेटमा स्वागत गरेबम थिए ।
    
    भक्तपुर नगरपालिकाले स्वागतस्वरूप भक्तपुर दरबार स्क्वायर डबलीमा प्रदर्शन गरेको माक प्याँख, नागचा प्याँख र जङ्गली प्याँख नाच सभामुख डेलगाडोको टोलीले रुचिपूर्वक अवलोकन गरे ।
    
    सभामुखको टोलीलाई नगरपालिकाका गौतम लासिवासहितको टोलीले दरबार स्क्वायर, पशुपतिनाथको मन्दिर, टौमढीस्थित पाँचतले मन्दिर क्षेत्रको अवलोकनका क्रममा सम्पदाका बारेमा जानकारी गराएको थियो ।
अपराह्न ४ बजे दरबार स्क्वायर आउने र ६ बजेसम्म भक्तपुरको अवलोकन गर्दै दत्तात्रय मन्दिरसम्म अवलोकन गराउने कार्यक्रम तय भए पनि टोली ५ः१० मा मात्रै भक्तपुर आइपुगेको र ६ः२० मा फर्केपछि दत्तात्रयसम्म नपुगी टौमढीबाटै बिदाइ गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

    बागमती प्रदेशसभाका सभामुख श्रेष्ठको निमन्त्रणामा सभामुख डेलगाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आगामी १६ गते स्पेन प्रस्थान गर्ने गरी छ दिने नेपाल भ्रमणमा आज काठमाडौँ आइपुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्