१२ साउन २०८३, मंगलबार

औषधिमा गरिएको मूल्यवृद्धिमा छानविन गरिने

कात्तिक ११, २०७८
औषधिमा गरिएको मूल्यवृद्धिमा छानविन गरिने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गर्ने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताएका हुन् । उनले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन दिए ।

    औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानविन गर्ने भएको हो ।
उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथैै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्