×

NIC ASIA

ठेकेदार र कर्मचारीको मानसिकताले काममा ढिलासुस्ती : ऊर्जामन्त्री भुसाल [भिडियो]

कात्तिक १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ठेकेदार र कर्मचारीको मानसिकताले काम असाध्यै ढिला हुने गरेको बताएकी छन् । 

Muktinath Bank

ललितपुर महानगरपालिका-२२, चुनिखेलस्थित तपस्थली टोल विकास संस्थाले दीपावली, छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम उनले सडक, पूर्वाधारलगायतका काममा अस्वभाविक ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य समेत रहेकी मन्त्री भुसालले नख्खु-भैँसेपाटी-चुनिखेल-छम्पी-टीकाभैरव सडक विस्तार र स्तरोन्नतिको काम वर्षाैंअघि शुरू भए पनि ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको उल्लेख गरिन् । 


Advertisment
Nabil box
Kumari

‘मेरै पहलमा टिप्परका लागि नख्खु कोरिडोरको सडक खोलिएको हो, जहाँ टिप्पर मात्र चल्छ,’ उनले भनिन्, ‘विभिन्न आयोजनामा बजेट पारेर यस क्षेत्रको विकासमा पहल गरेको छु, विडम्बना हाम्रा ठेकेदार र कर्मचारीको मानसिकताले काम असाध्यै ढिला हुने गरेको छ ।’

Vianet communication

 

सो कार्यक्रममा तपस्थली टोल विकास संस्थाका सचिव कृष्ण गुरागाईंले त्यहाँको वस्तुस्थितिबारे मन्त्रीलगायतका अतिथिहरूलाई जानकारी गराएका थिए । आफूहरू देशका विभिन्न भागबाट बसाइँ सरेर उक्त स्थानमा आएको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई त्यहीँकै स्थानीय वासिन्दा सरह व्यवहार गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा बागमती प्रदेशका सांसद राजकाजी महर्जनले विगतमा कर्णालीमा जाने बजेट यस क्षेत्रमा पार्न सफल भएको बताए । ‘झण्डै १८ करोड रूपैयाँ हरेक वर्ष महानगरपालिकामा पठाएका छौं, यो रकम वडामा पनि आउँछ,’ उनले भने, ‘यस क्षेत्रकाे विकासका लागि हामी पनि सकारात्मक छाैं ।’

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्थानीयहरूसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न आफू सधैं सकारात्मक रहेको उल्लेख गरे । त्यसै गरी ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यले छम्पी-चुनिखेल-भैँसेपाटी-नख्खु रूटमा टिप्पर आवतजावत बढ्न थालेको बारेमा आफूहरू पूर्ण जानकार रहेको उल्लेख गर्दै टिप्पर व्यवस्थापनका लागि पहल भइरहेको उल्लेख गरेकी थिइन् । 

ललितपुर महानगरपालिका-२२ का वडाध्यक्ष आमवीरराज शाक्यले स्थानीय सरकारले आफ्नो वडाका सबै नागरिकलाई समान व्यवहार गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीयका समस्या समाधानमा केन्द्रित रहने बताए । 

वडा नं. २२ का सदस्य सागर तुलाधरले खानेपानीलगायत अन्य विकासका काममा समझदारीमै  काम भइरहेकाे उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x