×

NMB BANK
NIC ASIA

तिहारमा विद्युत् व्यवस्थापन

लक्ष्मीपूजामा विद्युत् व्यवस्थापन: प्राधिकरण भन्छ– बत्ती जाँदैन, गइहालेमा तुरुन्त फोन गर्नुस् !

कात्तिक १८, २०७८

NTC
Premier Steels

मंगलवार दिउँसोबाट चितवनको भरतपुर महानगरपालिकामा विद्युत् आपूर्ति रोकियो । 

Muktinath Bank

त्यहाँको १३२/११ बसेनी ग्रीड सबस्टेसनको पावर ट्रान्सफर्मरहरूमा समस्या आएपछि महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा तथा तनहुँको देवघाट क्षेत्रमा समेत विद्युत् आपूर्ति रोकियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिहारको मुखमा विद्युत् आपूर्तिमा अवरोध आएपछि प्राधिकरणले प्राथमिकताका साथ मर्मतको काम गर्‍यो । 


Advertisment
Nabil box
Kumari

बिग्रिएको ट्रान्सफर्मर हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडान गर्न प्राधिकरणलाई लामै समय लाग्यो । 

Vianet communication

जसले गर्दा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मतको स्थलगत निरीक्षण समेत गरे ।  

शनिवार बिहानैदेखि सबस्टेसनमा रहेको २ वटामध्ये एउटा ट्रान्सफर्मरमा समस्या देखिएको थियो । 

अर्कोमा पनि मंगलवारदेखि समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । 

प्राधिकरणका अनुसार सो क्षेत्रमा बत्ती जाँदा करीब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएका थिए । 

३६ घण्टापछि सो क्षेत्रमा बिजुली बलेको प्राधिकरणले जनाएको छ ।

बत्तीहरूको पर्व मानिएको तिहार शुरू हुँदै गर्दा भरतपुरमा सो समस्या आएपनि तिहार अवधिभर समस्या नआउने प्राधिकरणले बताएको छ । 

विभिन्न समस्याले अरू दिनमा विद्युत् आउने–जाने भइरहेपनि तिहारको समयमा भने त्यस्तो नहुने प्राधिकरणका सिस्टम अपरेसनका निर्देशक एवं प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । 

उनले लक्ष्मी पूजामा सामान्य अवस्थामा भन्दा केही बढी विद्युत् खपत हुने भन्दै यसबाट प्रणालीमा कुनै समस्या नपर्ने बताए  । 

उनका अनुसार प्राधिकरणले लक्ष्मी पूजामा ग्राहकहरूबाट करीब १२ सय मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरेको छ ।

तिहारमा उद्योगधन्दा तथा कलकारखाना बन्द रहने भएकाले औद्योगिक लोड नपर्ने उनले बताए । 

‘यस समयमा औद्योगिक तथा व्यापारिक लोड कम हुन्छ, सामान्य अवस्थामा भन्दा केही बढी घरायसी खपत हुन्छ,’ लोकान्तरसँग उनले भने । 

सामान्य अवस्थामा पिक आवरमा १४ सयदेखि १५ सय मेगावाटको हाराहारीमा विद्युत् खपत भएको सुनाउँदै उनले बुधवार (लक्ष्मी पूजाको दिन) भने १२ सय मेगावाट विद्युत् खपत हुने अनुमान गरिएको बताए । 

आफ्नै उत्पादनले धान्छ माग

विगतमा तिहारका समयमा केही मात्रामा विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको थियो । 

तर यसपटक भने नेपालको आफ्नै उत्पादनले माग धान्ने देखिन्छ । 

गत असारदेखि नै मुलुकमा विद्युतको उत्पादन बढी, खपत कम हुँदै आएको अवस्था छ ।

अहिले खपत केही बढी भएमा पनि भारतबाट आयात गर्नु नपर्ने प्राधिकरण बताउँछ । 

प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औद्योगिक लोड नहुने भएका कारण विद्युत्को खपत कम नै हुने बताए । 

उनले भने, ‘तिहार बत्तीको पर्व हो, तर खपत चाहिँ कम हुन्छ । त्यसकारण आयात गर्नुपर्ने अवस्था रहेको छैन ।’

तिहार अवधिभर कतै बत्ती जाँदैन 

प्राधिकरणले तिहारको समयमा ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै विद्युत् आपूर्तिमा अवरोध नहुने बताएको छ । 

‘विभिन्न किसिमका मर्मत तथा अपग्रेडका कामहरू अस्तिदेखि नै हामीले रोकिसकेका छौँ, अहिले विना अवरोध विद्युत् आपूर्ति हुन्छ,’ प्रवक्ता भट्टराई बताउँछन् ।

उनका अनुसार तिहारको समयमा कतै पनि विद्युत आपूर्ति नरोक्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई सूचना पठाइसकेको छ । 

केही दिन अघिसम्म तिहारलक्षित मर्मतका काम गरेको भएपनि अहिले मर्मत सम्भारका काम रोकेको उनले सुनाए । 

समस्या आए फोन गरौँ, एकपटक नलागे पटक–पटक गरौँ 

प्राधिकरणले तिहारमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन सबै नोडाल कार्यालयहरूमा निर्देशन दिइसकेको छ ।

यति हुँदाहुँदै पनि कुनै समय विद्युत् रोकिएमा तत्कालै नजिकैको विद्युत वितरण केन्द्रमा फोन गरेर समस्या टिपाउन उनले आग्रह गरे । 

उनले सकभर विद्युत् नजाने र गइहालेमा तुरुन्तै बनाउनका लागि सम्बन्धित कर्मचारीलाई तयारी अवस्थामा राखिएको समेत सुनाए । 

‘सबै स्रोतहरूलाई परिचालन गर्न तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘मोबाइल फोन डिस्टर्ब हुन सक्छ, एकचोटि लागेन भने दोस्रो वा तेस्रोपटकसम्ममा पनि लाग्न सक्छ ।

विद्युत आपूर्तिमा समस्या भयो भने फोन गरेर जानकारी गराउनुहोला ।’

तिहारलाई झिलिमिली बनाउनका लागि विद्युत ढुक्क भएर प्रयोग गर्न उनले उपभोक्तामा आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x