×

NMB BANK
NIC ASIA

पर्व बजार

तिहारमा उपभोक्ताले सहजै किन्न पाएनन् झिलिमिली बत्ती, मूल्य ३० प्रतिशतसम्म बढ्यो

कात्तिक १८, २०७८

NTC
Premier Steels

झिलिमिली पर्वको रूपमा तिहारलाई मानिन्छ । तर, यही तिहारमा भने बजारमा झिलिमिली बत्ती निकै न्यून मात्रामा रहेको छ । 

Muktinath Bank

कोरोना महामारी, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा नाकामा असहज हुँदा बजारमा झिलिमिली बत्तीको अभाव भएको व्यवसायीहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिहार विशेषतः झिलिमिली चाड हो । तिहारमा बालिने झिलिमिली बत्तीहरू विगतमा जस्तो फालाफाल देखिँदैन ।


Advertisment
Nabil box
Kumari

विद्युतीय व्यवसायी महासंघका अनुसार, विगतमा करीब ८५ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती तिहारका लागि नेपाल ल्याइने गरिएको थियो । 

Vianet communication

तर अहिले त्यो परिणामको तुलनामा निकै न्यून मात्रै आयात भएको छ ।

महासंघका महासचिव कोमल पोखरेलले यो तिहारका लागि अहिले बजारमा करीब ३५ करोड रूपैयाँको मात्रै झिलिमिली बत्तीहरू आयात भएको लोकान्तरलाई जानकारी दिए ।

गत वर्षको तिहारका लागि मुलुकमा करीब ६५ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरिएको थियो । 

कोरोना महामारी आउनुपूर्व सामान्यतयाः करीब ८५ करोड रूपैयाँ हाराहारीको झिलिमिली बत्ती आयात गरिने गरेकोमा पछिल्ला वर्षहरूमा भने परिणाम घटाउँदै लगिएको महासंघका महासचिव पोखरेल बताउँछन् । 

नेपालमा चिनियाँ झिलिमिली बत्तीको हिस्सा ८० प्रतिशत रहेको छ ।  

यस्तै इन्डियाबाट १२ देखि १५ प्रतिशतसम्म झिलिमिली बत्ती आयात हुने गरेको छ भने न्यून मात्रामा अन्य मुलुकहरूबाट आयात हुने गरेको छ ।

चिनियाँ नाकामा अवरोध

बजारमा झिलिमिली बत्ती कम हुनुको एउटा कारण चिनियाँ नाका प्रभावित हुनु पनि हो ।

तातोपानी र केरुङ नाकामा आयातका लागि सहज अवस्था नहुँदा बजार केही प्रभावित बनेको छ ।

तर यसको हिस्सा भने कम नै रहेको व्यवसायीहरूले बताए । 

चिनियाँ नाकाबाट नेपालमा करीब १२ देखि १५ प्रतिशतसम्म मात्रै झिलिमिली बत्ती भित्रिने गरेको छ ।

तिहारका लागि ल्याइएका कतिपय यस्ता बत्तीहरू अहिले नाकामै रोकिएका छन् । 

महासंघका महासचिव पोखरेलका अनुसार अहिले यस्ता सामान बोकेका करीब ४ कन्टेनर नाकामा लाइनमा छन् । 

उनीहरू कहिले आइपुग्ने ठेगान नभएको उनले बताए ।

मूल्य बढ्यो 

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष झिलिमिली बत्तीको मूल्य बढेको छ । 

यस वर्षको तिहारमा झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म बढेको महासंघले जनाएको छ । 

नाकामा सहज आपूर्ति हुन नसक्दा समुद्री मार्ग प्रयोग गरेर सामान ल्याइएको छ, त्यसकारण पनि झिलिमिली बत्तीको मूल्य बढ्न पुगेको महासचिव पोखरेल बताउँछन् । 

उनका अनुसार सामान किन्नका लागि ३ महिनाअघि नै माग गर्नुपर्ने हुन्छ । 

यसवर्ष कोरोना महामारीको तेस्रो भेरियन्टको हल्लाका कारण ३ महिनाअघि पनि व्यवसायीहरूले धेरै सामान माग गर्न सकेनन्, जसका कारण पनि अहिले बजारमा यस्ता सामानहरू कम आयात भएका छन् । 

उनले अन्तर्राष्ट्रिय बजारमा नै यस्ता सामानहरूको मूल्य बढ्दा नेपालमा पनि मूल्य बढ्न पुगेको बताए । 

अहिले नेपाली बजारमा झिलिमिली बत्तीको मूल्य फरक–फरक छ । 

‘मूल्य व्यवसायीहरू स्वयंले नै आफ्नो लागतका आधारमा निर्धारण गर्ने गरेका छन्,’ महासचिव पोखरेल भन्छन्, ‘बजारमा पनि यस्ता वस्तुको मूल्य बढेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x