
भारत मध्यप्रदेशको रतलाममा बाख्रा चोरेको आरोपमा एक भीडले २ जना युवकलाई मरणासन्न हुनेगरी पिटेका छन् ।
भीडले ती युवकलाई मरणासन्न हुनेगरी पिटेपछि नजिकैको खम्बा (पोल)मा बाँधिदिएका थिए ।
यस भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरीले अहिले ती युवकहरूविरुद्ध बाख्रा चोरीको उजुरी दर्ता गरेको बताइएको छ ।
घटना तालथाना क्षेत्रको सेमलियाको हो । जहाँ २ युवक बाख्रा चोरेर मोटरसाइकलबाट भागेका थिए । केही व्यक्तिले उनीहरूलाई पछ्याए र समाएका थिए । त्यसपछि उनीहरूले ती युवकलाई कुटपिट गरेका थिए ।