अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले झुक्केर एक बालकको टाउकोमा बेसबलको बल हिर्काएका छन् ।
एट्लान्टामा वर्ल्ड सिरीज गेममा प्रशंसकहरूले ट्रम्पसँग अटोग्राफ माग्दै गर्दा घटना भएको हो ।
एक टिकटक प्रयोगकर्ताले शेयर गरेको भिडियो क्लिपमा घटनाको दृश्य कैद भएको छ ।
पत्नी मेलानियासँग बसेका ट्रम्पले शुरूमा अटोग्राफ दिन मानिरहेका थिएनन् ।
पछि उनले माने तर झुक्केर एस्ट्रोज टीमका प्रशंसकको टाउकोमा हान्न पुगे । अटोग्राफ दिएर बल समात्न फाल्दा प्रशंसकको टाउकोमा लागेको थियो ।
ट्रम्पले हस्ताक्षर गरेको बेसबल तीन हजार डलरमा बिकेको छ ।
ट्रम्पबाट लापरवाही भएको भनी कसैले पनि टिप्पणी गरेन ।
@loupastore27 I got Mr. trumps autographs at the World Series
♬ original sound - loupastore27