×

NMB BANK
NIC ASIA

मदिरामा मात्तिएका सेनाका मेजर मध्यराति अर्कै होटल पसेपछि रातभर बबण्डर, दिउँसो उन्मुक्ति !

कात्तिक २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीमा मदिरामा मात्तिएका नेपाली सेनाका मेजर रातिको समयमा अर्कै होटलको पछाडिबाट पसेपछि बबण्डर मच्चिएको छ ।

Muktinath Bank

विवाद बढेर लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाही चढेको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड भएको हो । स्थानीयलाई गालीगलौज गरेका शाहीमाथि ढुंगामुढा प्रहार भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार घटना आइतवार राति करीब १० बजेतिरको हो । मदिराको नशामा लठ्ठिएका मेजर शाही शिक्षालयभन्दा १ किलोमिटर पूर्व चिसापानी बजारस्थित लुक्स होटलमा जान खोजेका थिए तर नशाले गर्दा मान्छेसम्म चिन्न नसक्ने अवस्थामा पुगेका मेजर शाही अर्कै होटल अर्थात संगम होटलमा पसे । होटल बन्द भइसकेको अवस्थामा उनी होटलको पछाडिबाट भित्र पसेका थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

होटलभित्र संगम होटलका सञ्चालक हर्क रावल र उनका केही आफन्त बसेका थिए । होटल सञ्चालक रावलले भने, ‘उहाँ पछाडिबाट पस्नुभयो । एक्कासि गाली गर्न थाल्नुभयो । पछि मसँग बसेका धिरज शाही र लव शाहीले चिनिहाले र बाहिर निकाले । उनी थाना (ईलाका प्रहरी कार्यालय) तिर गए । होहल्ला भइसकेको रहेछ । स्थानीय समेत जम्मा भइसकेका थिए । मलाई मेरो परिवारले निस्कनै दिएनन् ।’

स्थानीयका अनुसार विवाद चर्किंदै गएपछि मेजर शाही शिक्षालयतिर गए । ड्युटीमा रहेका जवानसँग भएको एसएलआर राइफलसहित उनी पुनः विवाद भएको ठाउँ पुगे, स्थानीयतिर राइफल ताके ।

आक्रोशित स्थानीयले उनीसहित उनी चढेको बागमती प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडीमा ढुंगामुढा बर्साए । नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट तैनाथ प्रहरीले उनलाई आफ्नो कार्यालय लग्यो । मेजर शाहीलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयको भवनमा समेत तोडफोड गरे । पछि उनलाई इलाका प्रहरी कार्यालय लम्कीमा लगिएको प्रहरीले जनाएको छ । स्थानीयको कुटपिटबाट घाइते शाहीको टाउको १६ वटा टाँका लागेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीमाथि थप कारवाहीको लागि नेपाली सेनालाई पत्राचार गरिएको बताइएको छ । घटना सार्वजनिक अपराध सम्बन्धी रहेको र घटनामा संलग्न नेपाली सेनाका मान्छे रहेका बताउँदै प्रहरी उपरीक्षक अधिकारीले जबरजस्तीकरणी, ज्यान मुद्दा र लागूऔषध बाहेकको मुद्दा आफूहरूले हेर्न नमिल्ने स्पष्ट पारे ।

घटना मिलापत्रमै टुंग्याइयो

मेजर शाहीको ज्यादती सहितको घटना मिलापत्रमै टुंग्याइएको छ । सोमवार इलाका प्रहरी कार्यालय लम्कीमा भएको छलफलपछि मेजर शाहीले आफू अर्कै होटल पस्न खोजेको तर अर्कै होटल पसेको भन्दै घटनाप्रति क्षमा मागेको बताइएको छ ।

तोडफोड भएको गाडी मेजर शाहीले आफैं बनाउने र ईलाका प्रहरी कार्यालय भवनमा भएको तोडफोडको जिम्मा स्थानीयले लिएर मर्मत गर्ने सहमति भएको बताइएको छ तर कसैमाथि मुद्दा नचलाइने भएको छ । हालसम्म कसैविरुद्ध उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे छानबिन गर्न सेनाले एक टोली कैलाली पठाएको छ । टोलीले घटनाबारे अनुसन्धान थालेको स्रोतले जनाएको छ । 

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘उनी मान्छे चिन्न सक्ने अवस्थामा थिएनन् । उनको त्यो दिन ‘ब्याड डे’ थियो । हामीले घटना विवरण सेनालाई दिइसकेको छौं । सेनाले पनि अनुसन्धान गर्दैछ । मेजर शाहीलाई विभागीय कारबाही अनिवार्य हुने देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x