११ साउन २०८३, सोमबार

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

कात्तिक २५, २०७८
पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । 

कात्तिक २७ गते शनिवारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी संचालन हुन लागेको हो । 

नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् । 

सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 
 

salt training

कमेन्ट गर्नुहोस्