२२ असार २०८३, सोमबार

जब यी व्यक्तिले आफ्नै कारमा पेट्रोल छर्किएर आगो लगाइदिए... [भिडियो]

कात्तिक २६, २०७८
जब यी व्यक्तिले आफ्नै कारमा पेट्रोल छर्किएर आगो लगाइदिए... [भिडियो]

 भारतको मध्यप्रदेशमा एक कार मालिकले आफ्नै कारमा पेट्रोल छर्किएर आगो लगाइदिएका छन् ।

मध्यप्रदेशस्थित ग्वालियरमा एक कार मालिकले आफ्नो कारमा आगो लगाइदिएका हुन् । 

कार मालिकको नाम विनय शर्मा हुन्  ।

सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल भइरहेको छ ।

फाइनान्स कम्पनीका कर्मचारी कार लिन आएको समयमा उनले कारमा आगो लगाइदिएका हुन् । 

यो घटना बुधवारको हो । 

ती कार मालिकले फाइनान्समार्फत कार किनेका थिए । तर उनले किस्ता तिर्न सकेका थिएनन् । 

त्यसपछि फाइनान्सका कर्मचारी कार लिन आए । कार लिन कर्मचारी आएपछि उनले रिसको झोकमा आगो लगाइदिएको बताइएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्